म मरे नि I

म मरे नि चुरा पोते त्याग्ने छैन बाचा गर ।
रुदै रुदै हार गुहार माग्ने छैन बाचा गर ।

जबर्जस्ती पोते चुडाइ सिन्दुर त्यो धोइ देलान
तिमी भित्र हरुवापन जाग्ने छैन बाचा गर ।

सेतो बस्त्र नलाउ भन्ने मलाइ पागल ठाने भने
समाजको पछि पछि लाग्ने छैन बाचा गर ।


भने जस्तो सजिलो त छैन तोड्न रितिथिती
तर पनि हार मानी भाग्ने छैन बाचा गर ।

बाकी जीवन म भन्दा नि माया गर्ने लाई दिनु
रोइ रोइ सारा जीवन काट्ने छैन बाचा गर।

No comments:

Post a Comment