रोशन र रीमा एक अर्कालाइ धेरै मन पराउथे । यहाँ सम्म की उनीहरु एक अर्का बिना बाँच्न पनि नसक्ने भइ सकेका थिए । सँधै घर बाट लुकी लुकी भेट्नु नै उनीहरुको अन्तिम उपाए थियो । किनकी उनीहरुको प्रेम घरका कसैलाइ पनि मंजुर थिएन ।यसै गरी लुकी छिपी प्रेम चली रह्यो । एक दिन रोशनले भन्यो , रीमा हामी कती दिन बाँच्ने आमा बाबाको आँखामा छारो हालेर ? अब भागेर भए पनि बिहे गर्नु पर्छ भन्यो तर रीमा आफ्ना परीवार सँग औधी डराउथीन् । उनी त्यस्तो केही गर्न सक्ने पक्षमा थिएन । न त बाबा आमाको बिपक्षमा जान सक्थ्यो न त रोशनलाइ त्याग्न सक्थ्यो । अनी रीमाले भन्थिन्, रोशन म कस्तो दोधारमा परेँ । तिम्रो कुरा मानुँ त आमा बाबाको डर, आमा बाबाको कुरा मानुँ त तिमीलाइ गुमाउने डर ।मैले कती जिउनु यो डरै डरको जिन्दगी ।रोशन बरु म तिमीलाइ यसरी नै माया गरी रहन्छु अनी बिहे पनि गर्दीन ।रोशनले यस्तो कुरा लाखौ पटक पहिले पनि राखी सकेकोले उसले हार खाइ सकेको थियो अब । अनी उसले म तिम्रो डर टाढा गराउछु है रीमा भन्यो । रात धेरै भएकोले दुबै जना आफ्ना आफ्ना घर तिर लागे । बिहानै कोलाहल मच्चीयो । शंख फुकेको आवाज आयो । कसैले रोशन ले आत्महत्या गरेको खबर सुनायो रीमा लाइ । उनी आमा बाबाको कुनै ख्याल नै नगरी रोशनको घर तिर लागिन् हतारहतार । अनी त्यहाँ थुप्रिएको समाजको कुनै ख्याल नगरी आँगनमा राखीएको रोशनको लासलाइ अंकमाल गरेर रोशन म तिमीलाइ माया गर्छु भन्दै डाँको छाडेर रुन थालिन् ।
----
कुमार श्रेष्ठ "यात्री"
रामेछाप-कठजोर
हाल- साउदी अरब रियाद
No comments:
Post a Comment