" म पागल हुँदैछु"

तिमीलाइ कुरेर म पागल हुँदैछु
सम्झी-सम्झी रुएर म पागल हुँदैछु

आँसू चुहाइ पियारी पल-पलमा
मेरो खुसी धुएर म पागल हुँदैछु

कती बस्छौ एकल तड्पाइ मलाइ
पिरले तन् सुकेर म पागल हुँदैछु

मेरो कुनै इज्जत छैन तिमी बिना
आस्तित्व नै झूकेर म पागल हुँदैछु

पिँउदिन भने थे तिमी सँग मैले
कसममा चुकेर म पागल हुँदैछु

म नै कुमार यात्री भनेर नचिनी
आफ्नै नाम भुलेर म पागल हुँदैछु

No comments:

Post a Comment