मुक्तक दोहोरी-१


 Bimala Adhikari Devkota
सुन्न मन लाग्दा बोलि एकोहोरो हुन्छु किन 
जस्ले जस्लाई बोलाएनी तिम्रै नाम सुन्छु किन 
अर्का को नै भैसकेछौ थाहा छैन अझ मलाई 
कम्जोरी हो मेरै भनी आफ्नै गल्ती गुन्छु किन ? ll

 Kumar Shrestha *
म पनी त तिम्रै लागी आज सम्म बाँचेको छु
मन भित्र लाखौ खुसी तिम्रै लागी साँचेको छु
तिमी नै हौ संसार मेरो दुनियालाइ नसुन भो
साँचो हैन गल्ती हुन् ती अन्त नाता गाँसेको छु  
Bimala Adhikari Devkota 

 खुसि दिन सक्छौ भने आँसु पुछ्ने हात देउ 
प्रतिक्षा मा बस्दै छु म प्यास मेट्ने साथ देउ 
कसो गरि बिस्वास गरु तिम्रो मिठो बोलि भित्र 
दुख सुख बिर्साउने माया को एक जात देउ ....ll

 Kumar Shrestha *

हात किन माग्छौ तिमी जिन्दगी नै तिमै हो नी
माया मैले गरेकै छु कसो गरी प्यासी भो नी ?
कुरा लाउछन् को को आइ नबुझेरै पत्याउछौ
हाम्रो चोखो माया देक्दा कस्लाइ जलन हुन्छ को नी

Bimala Adhikari Devkota 

धन कमाउन गयौ तिमि फर्किएर आको हैन 
भेट घाटको त कुरै छैन बोलि सुन्न पाको छैन 
रम्दै छौ रे विदेशको रंगिन त्यो दुनियामा 
ना-ना थरि कुरा सुन्छु खपी कस्नु भाको छैन l

Kumar Shrestha -

म पनि त तिमी बिना तड्पिएर बसेको छु
अरबको मरुभुमी माझ तिर फसेको छु
तिमी भने शंका मात्र किन गर्छौ मेरी सानु 
कुनै दिन भेट होला भनी मन कसेको छु

Bimala Adhikari Devkota

 पोल्छ छाती तिम्रो दुख देखेको छु मैले 
तिम्रो माया मुटु भरि लेखेको छु मैले 
टाढा हाम्लाई गराई दियो पापी रैछ धन 
मनको घाउ मनमै राखी सकेको छु मैले l

Kumar Shrestha -

सत्यता को बाटो तिर सँधै भरी बढ्न सक्छू
बाधा अनी अड्चनको पहाड पनि चढ्न सक्छु
आफ्नो ज्यान भन्दा पनि कैयौ कैयौँ गुणा धेरै
तिमी माया गर्छौ र त दुख सँग लड्न सक्छु

Bimala Adhikari Devkota 

भगवान दाइनो नै छन् दुख सित लड्न सिक 
रहेक बाधा पन्छाउदै सधै अघि बढ्न सिक 
तिमि आँट म पुर्याउछु भगवानले भन्छन अरे 
जिन्दगीका सबै दुख सागर पारी तार्न सिक ..

Kumar Shrestha

 सफलता दिलाउछौ जिन्दगीको बाटो खनी
जुनी जुनी बाँचौला म तिमीलाइ आफ्नो भनी
भगवान आत्मा भित्र मात्र हुन्छ भन्थे हजुर
तिमी तिमी मात्रै छौ त मेरो आत्मा भित्र पनि

कुमार श्रेष्ठ "यात्री"







No comments:

Post a Comment