मैले बाँच्नुको कुनै अर्थ रहेन |
ज्यान साँच्नुको कुनै अर्थ रहेन |
जती बिझ्छन बिझुन मनै भरी
काँडा भाँच्नुको कुनै अर्थ रहेन |
मुटु भित्र लुकाइ चोट बोकेर
सँधै हाँस्नुको कुनै अर्थ रहेन |
रमाइ सँधै उनको नै खुसीमा
हाँसी नाच्नुको कुनै अर्थ रहेन |
जबर्जस्ती मैले उनी सँग आफ्नो
नाता गाँस्नुको कुनै अर्थ रहेन |
No comments:
Post a Comment