गजल-"म मरे पछी"

चारै तिर घेर्न आउनु म मरे पछि |
मेरो लास हेर्न आउनु म मरे पछि |

चाहा गरेकोछु तिम्रो पछ्यौरीको मैले
तिमी कात्रो फेर्न आउनु म मरे पछि |

निम्ता दिनू पर्छ अरे आफन्तलाइ
दुइ शब्द केर्न आउनु म मरे पछि |

मनले घृणा गरे पनि अन्तिम ठानी
अङ्गालोमा बेर्न आउनु म मरे पछि |

कुमार तिम्ले बोल्या मान्छू भनी सँधै
मैले भनेको टेर्न आउनु म मरे पछि |

No comments:

Post a Comment