बिहानीको किरण सँगै
मेरी आमाले मलाइ
मकै र भटमास थाल भरी
अनी गुन्द्रुकको अचार राखेर
ल बाबु खाजा खा भनेको दिन संझेर
म टोलाउछू अचेल
यी मरभूमीको राप सँगै
काम को चाप सँगै
बाबाले हलो र जुवा बोकेर हिँड्दा
म त्यो सल्लाघारीको बनमा
लालीगुँरास टिप्दै,खाँदै ओठ रातो पार्दै हिड्थे
अनि बारी का गरा गरा बाट
सकर्खण्डो बटुल्दै रमाएको त्यो दिनहरु
स्मरणमा आँउदा
मुटु नै फुट्ला जस्तो हुन्छ
जिन्दगी टुट्ला जस्तो हुन्छ
यो मरभूमी सिच्न
आज पसिना बेच्दैछू म पराइ लाइ
आफ्नो रिती-रिवाज भुलेर
म ढूङ्गा भएको छू अचेल
दुख्दैन मेरो छाती जती चोट भए पनि
तर याद त आऊछ नि
तिहारको मखमली मालाको
सानीको मस्कीने चालाको !!
मेरो मात्र छाती ढूङ्गा हैन
सबैको छाती ढूङ्गा भएको छ अचेल
देश नै परदेश बनेको छ
अब शान्तीसेना पठाउनू पर्दैन अन्त
बरू बोलाए हुन्छ नेपालमा
त्यसैले त आज
त्यो शान्ती क्षेत्र नेपाल सम्झीदा हाँस्दै रमाउछू
अनी बर्तमानमा आफू लाक्षी देखेर सर्माउछु
उफ्
जिन्दगी ..........................
No comments:
Post a Comment