देशको हालत देख्दा खेरी नफर्कौ झैँ हुन्छ आमा |
तिम्रो ममता सम्झे भने मन झनै रुन्छ आमा |
थोपा-थोपा रगत पनि देशकै लागी साँचेको छु
पराइ देशको भूमी भित्र पसिना पो चुन्छ आमा |
कहिले कोशी बेच्न भनी कहिले काली बेच्न भनी
देशकै सन्तान भन्नेले नै किन जाल बुन्छ आमा ?
सायद हामीले नै होला बिचार गर्न नसकेको
हाम्रो भणडार भित्र पनि लुकी रा’को घुन’छ आमा
एकै मुठ्ठी स्वास रहुन्जेल देशकै लागी लड्नेछु
मेरो नशा भित्र पनि बिर पुर्खाको खुन’छ आमा

No comments:
Post a Comment