गजल "मार बरू"

दुर्भाग्यको भुमरीमा पार बरु आजै मलाइ
कति राख्छौ रुवाएर मार बरु आजै मलाइ

कैले मर्छू कैले बाँच्छु अझकल्टो भो जिन्दगी
दोभान मा लान भनी झार बरु आजै मलाइ

न त वारी न त पारी भएँ तिमी बिना म त
अस्तु सरी सागरमा तार बरु आजै मलाइ

तिम्रो मनमा लाग्छ भने छाडा भइ हिँड्यो भनी
समयको परिधीमा नार बरु आजै मलाइ

कुमार बनि रहन्छु म सँधै भइ आलो-काँचो
जीन्दगीको राप भित्र खार बरु आजै मलाइ

No comments:

Post a Comment