"चितामा झै"


चितामा झै जल्नु पर्छ याद आइ रुँदा खेरी |
मुर्छा पर्दै ढल्नु पर्छ तिमी टाढा हुँदा खेरी |

तिमी सँगै जिन्दगीको यात्रा तय गरे पनि
बिना सित्ती गल्नु पर्छ ईच्छा आसा कुँदा खेरी |

हाँसेर नै बाँचेको छु,खुसी सँग मैले भनी
आफ्ना लाइ छल्नु पर्छ बिरहले छुँदा खेरी |

यता बसी आँसु फुछ भन्ने कोही हुन्न रै’छ
पिएर नै चल्नु पर्छ कैयौँ आसुँ चुदा खेरी |

No comments:

Post a Comment