थकानमा सास फेर्न गजल लेख्न सुरु गरेँ |
मायालुको खुसि हेर्न गजल लेख्न सुरु गरेँ |
मनमा उठ्न थाले पछि पिरतीको ज्वारभाटा
उनलाइ प्रेमपत्र केर्न गजल लेख्न सुरु गरेँ |
पत्र लेख्दा सबैले पो शंका गर्न थाले भनि
लुकिलुकी जालमा बेर्न गजल लेख्न सुरु गरेँ |
समाज नै आए पछि बिचमा पर्खाल बन्न
शब्दरुपी धारले सेर्न गजल लेख्न सुरु गरेँ |
मुखले भन्न नसक्दामा शब्द जाल बिछ्याएर
मुटु भित्र उन्लाइ घेर्न गजल लेख्न सुरु गरेँ |
No comments:
Post a Comment