गजल

म रोए कराएँ देउताको सामू |
उन्लाइ मन् पराएँ देउताको सामु |

मेरो निधारमा उनि लेखेन की
र त झन् डराएँ देउताको सामु |

म उनको बनुँ हरेक जन्म जन्म
ध्यान गर्दै हराएँ देउताको सामु |

तन मन सबै सुम्पिएर उनलाइ
मैले आफ्नो गराएँ देउताको सामु |

उनको र मेरो जोडी कायम राख्न
दुइ फुल चढाएँ देउताको सामु |

No comments:

Post a Comment