यादमा जली आत्म हत्या गर्दैछ रे कुमार |
उनले सोधे भनि दिनु मर्दैछ रे कुमार |
उनको शिर उच्च रहोस भनि बर माग्दै
मसानघाट को बाटो लागी झर्दैछ रे कुमार |
उनि लाइ बोझ हुँदा मेरो सच्चा माया पनि
सात समुद्र पारी तिर तर्दैछ रे कुमार |
आफ्नो भन्ने आफ्नाले नै मन-मुटु तोडे पछी
अन्तिम संस्कार गर्न लावा छर्दैछ रे कुमार |
उन्को खुशि नबुझ्दामा पशु ठानि आफुलाइ
खान छाडी आज भोली चर्दैछ रे कुमार |
No comments:
Post a Comment