गजल

अन्यायको सामु झुक्दैन मेरो कलम
धम्की र त्रासमा लुक्दैन मेरो कलम

जे जे देख्छ वरिपरी उहि लेख्छ सँधै
बौला कुकुर झै भुक्दैन मेरो कलम

यस भित्र मसीको त मुलै फुटेको छ
जती लेखे पनि सुक्दैन मेरो कलम

सँधै सँधै बाधि रन्छ निती नियममा
लोभले कहिल्यै फुक्दैन मेरो कलम

एउटा “कुमार” मरे लाखौ जन्म लिन्छ
त्यसैले त कहिल्यै रुक्दैन मेरो कलम

2 comments: