कथा-"के हुदैछ"

आफ्नो मुलुक छाडेर आएको पनि दुइ साल ठ्याक्कै भएछ आमा बाबा,घर परिवार अनि पियारी बाट टाढा भएको पनि उफ्...........यि दुइ साल पनि दुइ शताब्दी भन्दा कम भएन|जसो तसो आप्नो मनलाइ बुझाएर धनको आसमा दिनहरु बिताउँदै थिएँ एवंम रीतले दिन भरीको कामको पेलान बाट वाक्क दिक्क भएर साँझ कोठा तिर फर्केँ | फ्रिज बाट चिसो पानि निकालेर एकै स्वास मा सकेँ
काम सकिएको संकेत भए पछि अपार्टमेन्ट तिर आँउदा बाटोमा भएको घटनाले अझै पनि मुटुमा चिसो बाँकी नै थियोआज खै किन किन मन थिरमा नै थिएन |सायद मेरो असल मित्रको रिसाहा ब्यवहारले मलाइ सताएको होला भन्ने भान हुन्छ मलाइ |मान्छे र हात स्टेरिङमा अनि मन अन्तै भएर पनि आज एउटा काल सँग सिङ्गुरी खेलेर जितियो |लान सकेन मलाइ कालले |सायद कसैको चाहना थिँए म | अनि मेरो चाहना पनि अँधुरो नै थियो होला|त्यहि भएर सच्चा चाहनाले कालको मुख बाट झिकेको हुनु पर्छ मलाइ
अपार्टमेन्ट आएर पानि पिइ सके पछि लामो स्वास फेर्दै आफ्नो ओछ्यौना मा पल्टिँए| टेबलमा राखेको रिमोट तानेर टेलिभिजन खोँले |समाचारमा पनि खासै बिकास भएको कुरा सुनिएन नेपालको
संबिधान नबनेको र समय थपेको कुरा हरु यत्रतत्र फैलिएको र नसेलाएको पलमा संबिधान बनेको सुन्न आँतुर मनलाइ साना तिना कुराको चासो नहुनु पनि स्वभाबिक नै हो|समाचार मा बारम्बार छलफल असफल अनि कुराकानी जारी भन्दा अरु नसुनेको पनि धेरै भयो |टेबलमा राखेको मोबाइलको घण्टी बजेर म उतै आकर्षित भँए
“नेपालमा त अझै शान्ती छैन |गणतन्त्र भन्ने नाम मा आफुखुसी तन्त्र चलेको छ यहाँ त |आमा बाबाको कुरा छोरा छोरीले सुन्दैनन् अब त गणतन्त्र आयो हामी त स्वतन्त्र छौँ भन्छन |सानामा पुरै जिउ ढाकेर कपडा लाउने चेलिले ठुलो भए पछि छोटा छोटा लगाउन थालेका छन् |किन यस्तो भन्दा हामी पो बढ्यौ त ब्रो हाम्रा कपडा ले बढ्न जानेन |सानोमा जत्रो लगाइ दिएको तेत्रै बस्यो त के गर्नु रे ? कि त कपडा पनि मान्छे सँगै बढ्नु पर्यो रे कि त सानैमा ठुलो हुँदा सम्म हुने गरी लगाइ दिनु पर्यो रे लम्र्याङ्ग पारेर |कस्तो सोच होला त ? सानोको लुगा ठुलो हुन्जेल नफाटी बस्दो हो त ?अनि त्यो निर्जिब कपडा पनि बढ्दो हो त ?छिन छिन मा फाट्छ हाम्रा अटल मनका चाहना हरु त |झन् त्यो त कपडा न हो |कति राम्रो नेपाली शब्दकोषमा दाजु भन्ने शब्द हुँदा हुँदै ब्रो रे उफ् सलिन म त वाक्क छु नेपालि समाजको बिचित्रता देखेर |तिमिले ठिकै गर्यौ आफ्नो मुलुक छाडेर|त्याँहा त सबै चेलिहरु मुखै ढाकेर बस्छन रे भन्ने कुरा सुनेको थिँए हामिलाइ त्यस्तो त चाहिएको थिएन तर पनि उल्का भो सलिन| यँहा त लाज भन्ने पटक्कै रहेन |गुन्यु चोलिको महत्व नै भुले हाम्रा चेलि हरुले
जे गरेनि फेशन हुन्छ यँहा त पल्लो घरको काकाको छोराले पनि कानमा मुन्द्रा लगाएर लामो कपाल पालेर ठाँउ ठाँउमा फाटेको कपडा लगाइ स्कुल जान थालेको छ |तिमी त राजनितिको धार बाट पर गयौ |नाताबाद र कृपाबादले सताएको तिमि जस्तो एक सच्चा योद्धाको खाँचो महशुस गरेको छ नेपाल आमाले १० बर्षे जनयुद्धको रगत पसिना खेर जाँदै छ अचेल |एक भएर जुटेर देशमा गणतन्त्रको आभाष गराउन बिगुल फुक्ने ति एक मुस्ट योद्धाहरु फुट्ने हल्ला छ |तल्लो घरको ठुला बाको पनि अपहरण भएको छ |ऊफ् सलिन म त सोच्न पनि नसक्ने भएको छु |अब के हुने हो यो देशमा ? लौ यार मोबाइलको ब्यालेन्सले नभ्याउला फेरी धेरै लामो हुँदा |अहिले यति नै है तके गर्नु सलिन जागिर पाको छैन अहिले सम्म |डिग्रीको सर्टिफिकेट हातमा भएर के भो र ल ल बाइ ..पैसा भए पछि फेरि म्यासेज गरौँला है त “
आत्मिय मित्रको संदेश रहेछ |रोमनमा लेखिएको भएर बिस्तारै पढैँ मैले |मन कटक्क खायो संदेश पढेर |दश बर्षे जनयुद्धको ब्याख्यान हरु मनमा ताजै हुन थाले |रातो दिन जंगलमा बसेर खानु न पिउनु गरी बिताएको पलको यादले  आँखा बाट आँसुको थोपा झार्न बिवश बनाउँछ मलाइ|हिजो देशको लागि भनेर जिन्दगी दाउमा लगाऊदा मनमा पिर ब्यथाको कुनै ठाँउ नरहने यो मुटु आज देशको हालत देखेर छट्पटिन्छ,तड्पिन्छ अनि जिउँदै मरेको भान गराँउछ मलाइ |देशको बिकराल समस्या देखेर मनमा सह्य भएन अनि मोबाइल समाँते र नम्बर दबाँए |अनि शब्द निकाल्न थाँले दुखेको मन बाट मुखको साहाराले “हजुर नारायण दाइ के छ त नयाँ खबर ?“
“मेरो त ठिकै छ भाइ,तर मालाइ थाहा छ तिमिले मेरो बारेमा सोधेको हैनौ |तिमी जहिले नि नेपाल कै बारेमा सोध्छौ |देशले र जनताले आसा गरेको देशका आसा गर्न लायक आसाहरु भाग-भागमा बिभाजन हुने छाँट-काँट छ |लुटपाट,चोरी डकैति,अपहरण बढेको बढेकै छ |दिनदिनै एउटै समाचार छापेर हामी पनि वाक्क छौ |डान्स र डिस्को फस्टाएको नै छ |सायद तिमिले हेरेको नै हुनु पर्छ कलेजकै ड्रेसमा  डिस्को बाट बिधार्थी हरु समातिएका |जमानामा कला र संस्कृतीको मुख्य स्थल मानिने काठमाण्डु आज छाडाहरुको शहर भएको छ |दिन दहाडै अर्ध नग्न भएर हिँड्नेको कमि छैन
रक्सि,बियर,गाँजा,चरेसको ब्यापार फस्टाएकै छ |कतिले त आफ्नो जिबिकोपार्जन गर्न देह ब्यापार गर्ने केन्द्र बनेको छ काठमान्डु |” “ल है त भाइ बाँकी पछि अहिले म ब्यस्थ है त”|हस् त दाजु भन्न नि पाँइन उफ् कस्तो ब्यस्थता ? फोनले पालो नपाउने भयो आज फेरी मेरो मनको महलमा प्रकाश दिने जुनकिरीले फोन गरी |
“हजुर के छ खबर ? कहिले आउने ? के गर्दै हो .................?प्रश्नको बर्षा नै हुन थाल्यो आषाढ श्रावणमा पानि बर्षिय झै |म पहिलेको कुराले भावनामा डुबेकोले सानो स्वरमा बोल्दै थिँए |ठिकै छ सानु,छिट्टै आउछु |सायद छ महिना पछि होला के भनेको थिए राजनितिको दुरुपयोग गरी शब्द बर्सिन थाल्यो |हजुर त हाम्रा देशको नेताले संबिधान बनाउन म्याद थपे जस्तै गर्नु हुन्छ  |आउछु तोकेर भन्नु न किन सँधै थपेको थपेकै ? यस्तै हो भने म त नेपालि जनताले संबिधानको पर्खाइमा मन बाधे जसरी म हजुरको पर्खाइमा मन बाँध्न सक्दिन |भोकै बस्छु, रोएरै बस्छु |पहिलेको दशैँ पनि आमाले रुएर बिताउनु भो बाबाले पनि हाम्रो अगाडि आँसु झार्न नसकेर ढिकि कटेरामा लुकेर आँसु झार्नु भयो यसपालिको रोपाँइमा पनि मैले एक्लै गाउँ बेसि गर्नु पर्यो |उकालि ओरालीमा हजुर सँग हाराहारी गरेर पाइला चालेको दिन हरुले मलाइ ति ठाडो बाटोहरुमा टोलाउन बाध्य बनाउछ|खेताला पाउन पनि गार्हो छ अचेल खेतिको लागी |सबै काका-धबाको छोरा हरु पनि घरमा बस्ने आधार नभएर शहर पसेको धेरै भयो |ठुला बालाइ पनि धम्कि आको छ बिरगंजमा कमाको सम्पतिको हिस्सा चाहियो रे धम्क्याउने हरुलाइ |उँहा पनि गाँउ छाड्ने तरखरमा हुनु हुन्छ |फेँदिखेतमा रोपाँइ थियो आज |हजुरको दाजु भाउजुले मज्जाले हिलो खेल्नु भो |मलाइ पनि कस्तो रहर थियो हिलो खेल्न |हजुर सँग हिलो खेलेको ति दिन संझदै हजुर सँग नै पुन: हिलो खेल्ने भनि हिलो सँग डराउदै रोपाइ सकेँ आज |हजुरको दाजुले असारे गितमा “भातै मिठो डल्ले कस्यौडिको तिउन मिठो फर्सीको...यो मनमा जस्तो त्यो मनमा भए छोरा हुन्थ्यो बर्षीको” भन्दै भाउजु सँग दोहोरी खेल्दा म लाजले भुतुक्कै भँए |भाउजुले पनि फर्काइ हाल्नु भो जवाफ “एउटा ठेकि खालि भा’नि अर्कोमा त दहि छ....लोग्ने मान्छे हरुलाइ किन छोरै चाँहिदो रै’छ?”आज पुरै रमाइलो हुने थियो हजुर भाको भए |मात्र हजुरको कमी भयो रोपाँइमा |छिट्टै आउनु है हजुर भन्दा मैले हुन्छ सानु भनेर ऊनि बाट पनि बिदा लिएँ अनि मोबाइल टेबलमा नै राखेर लामो स्वास मा खुइइइइ गर्दै बस्दा एकै स्वासमा निस्कियो ““हे मेरि आमा मैले हजुरको दुधको ऋण तिर्न सकिन,बाबाले मेरो शिरमा राखेको हातको कदर गर्न सकिन अनि नेपाल आमाले मलाइ इज्जत का साथ नेपाली भनि दिएको सम्मानको दर्जाको मुल्य चुकाउन सकिन कृपया मलाइ माफ गर्नुस है त ...............”
-कुमार यात्री

No comments:

Post a Comment