गजल

प्रियसीलाइ देखे दुख लुक्छ भन्थे पिरतीमा


यता दुख्दा उता तिर दुख्छ भन्थे पिरतीमा



दुनियाको सामू सधै उच्च भाको शिर पनि

उन्को लागी सँधै भरी झुक्छ भन्थे पिरतीमा



समाजले बाँधी राख्या उचो-निचो बार पनि

खरानीको डोरी सरी फुक्छ भन्थे पिरतीमा



कसैको नि ख्याल नगरि ज्यान लिन-दिन सक्ने

बज्र सरी मन पनि चुक्छ भन्थे पिरतीमा



बिस्वासको झिनो डोरी टुट्दा खेरी बिच बाटोमा

जिन्दगीको पाइला पनि रुक्छ भन्थे पिरतीमा



No comments:

Post a Comment