तिम्रो मेरो जिन्दगीको बाटो एउटै थियो |
चोट लाग्दा चर्किदिने पाटो एउटै थियो |
किन कठोर भयौ तिमि मुटु चुडाएर
मुटु तोड्दा लाग्न सक्ने घाटो एउटै थियो |
बिछोड हुँदा सँग-सँगै आँशु झार्दा पनि
सिरानी को ठाँउ ठाँउ टाटो एउटै थियो |
सोध्छौ किन अझै मुटु दुख्छ कि त तिम्रो
भुल्यौ कि त घाउका ति खाटो एउटै थियो |
जिउँदो हुँदा किन तिमि टाढा हुँदै गयौ
आखिर मरे पछि मिल्ने माटो एउटै थियो |
चोट लाग्दा चर्किदिने पाटो एउटै थियो |
किन कठोर भयौ तिमि मुटु चुडाएर
मुटु तोड्दा लाग्न सक्ने घाटो एउटै थियो |
बिछोड हुँदा सँग-सँगै आँशु झार्दा पनि
सिरानी को ठाँउ ठाँउ टाटो एउटै थियो |
सोध्छौ किन अझै मुटु दुख्छ कि त तिम्रो
भुल्यौ कि त घाउका ति खाटो एउटै थियो |
जिउँदो हुँदा किन तिमि टाढा हुँदै गयौ
आखिर मरे पछि मिल्ने माटो एउटै थियो |
No comments:
Post a Comment