""नैना"**कथा**


हे नैना रेशम खै त ? { मेरो आजको नौलो कुरा गराइ ले नैना चकित हुन्छे अनि भन्छे }
तिमि सन्चै छौ रबि ?             
म घोरिएर हेर्छु उनलाइ,आज बेग्लै छे ऊनि ।उनको मुहारमा निखारता छ आज,ओठमा प्रेमको लाज छ अनि आखाँ मा मायाको गहिराइ । म लामो सास काड्दै भन्छु ..म सन्चै छु नैना...
मायाको अर्थ जाने देखि आज सम्म मैले गरेको मायाको हरेक कण कण मा एउटै नाम छ । म धेरै बोल्छु,सबै सँग जिस्कन्छु,सबै सँग मायाको कुरा खुलेर गर्छु ।सबै सँग जति खुलेर कुरा गरे नि उनको सामु अलि कठिन महसुस हुन्छ मलाइ । मैले उनि सँग पनि मायाको कुरा नगरेको हैन । तर उनि सुनेर होकि नसुनेर हो नसुने झै गर्छे ।मेरो माया लाइ यौन आकर्षण को उपमा दिन्छे,माया स्वार्थि हुन्छ भन्छे अनि यस्तो भुल नगर भनेर सुझाब दिन्छे । सपनि अनि बिपनिमा पनि उनको हरेक चाल-चलन अनि उनको बोलिचालि लाई ह्रिदय मा सजाउनु मेरो स्वार्थ हो त ?उनको लागि आफ्नो जिन्दगि अर्पण गर्न खोज्नु मेरो उनि प्रति को यौन आकर्षण हो त ?के मैले उनलाइ आफ्नो ठान्नु गल्ति हो त ? के मैले उनलाइ माया गर्न नजानेकै हो त ?
रबि.........
{म झसङ्ग हुन्छु अनि हतारिदै बोल्छु } हँ ......
के भो तिमि लाइ ? { नैना अलिक छेउमा आएर बोल्छे }
{म मा अलिक साहस आउछ उनि सँग कुरा गर्ने....र पनि म भन्न सक्दिन } ..हैन ठिक छु म....
किन झुट बोल्छौ रबि ? तिम्रो मनमा आज कुनै कुरा छ जुन तिमि म सँग लुकाउदै छौ,म त तिम्रो मिल्ने साथि अनि म सँग नभनेर को सँग भन्छौ त ?उनि भाबुक मुद्रा मा बोल्न लागिन् ....
हुन पनि हो जन-युद्ध मा चन्दा दिन नसकेको ले मेरो बाबा आमा को मृत्यु पछि म एक्लिदा देखि को साथ दिने उनि नै हुन् ।म पागल झै भौतारिँदा यो पागल लाइ जिउने साहस दिने उनि माहान् नारी को अघि म कुरा लुकाउन खोज्दै छु । सानै देखि शहरमा नै पढाउन भनेर आमा बाबाले शहर मा राखेकोले आफ्नै गाँउको बारेमा र उनि माहान् नारीको बारेमा पनि म अनबिग्य नै थिए । त्यसैले उनि किन मलाइ नकार्दै छिन् थाहा हुन सकेको छैन.....
रबि....इ इ इ इ इ ......उनि फेरि बोलाउन थालिन
हँ हँ हँ भन्दै उनको आँखामा आँखा जुदाँए अनि मौन रहेँ ....
के भो रबि तिमि लाइ....? कि मलाइ भन्न हुन्न ..? हुन त तिमिले मलाइ कहिले पो आफ्नो ठान्यौ र ?
त्यसो हैन नैना..तिमि नै त हौ मेरो हरेक दुख-सुखमा साथ दिने,,अनि तिमि लाइ आफ्नो नठानेर मैले कसलाइ आफ्नो भन्नु त ?त्यसैले नैना म सँग आइन्दा यस्तो कुरा नगर है ...तिमिले नै यसो भने पछि म कसको साहारा ले बाँच्नु भनत ?तिमि नै त हौ मेरो........उनि बिचैमा बोलिन् ....
भो भो ल माफ गर बाँदर ,,अब देखि भन्दिन अब त भो नि ..लौ अब भन त तिमि के लुकाइ रहेछौ ?
म भन्छु तर तिमि बाचा गर कि रिसाँउदैनौ ......अनि मात्र भन्छु...
हुन्छ बाबा हुन्छ रिसाँउदिन अब त भन......
म तिमिलाई माया गर्छु नैना ..म तिमि सँग मेरो बाँकि जिवन बिताउन चाहन्छु..तिम्रा हरेक दुख सुखको भागेदार बन्न चाहन्छु...तिम्रो दुख मा सँगै रुन अनि सुख मा सँगै हास्न चाहान्छु ...जिन्दगिको यो लामो यात्रामा जोडि यात्रि बनि सँगै यात्रा गर्न चाहन्छु ..जिन्द.......
भो रबि यो हुन नसक्ने कुरा नगर ..म कसैको हुँदिन.त्यसै......
किन नैना ...मैले बिचमा नै कुरा काँटे,,,तिमि पनि एक्लो अनि म पनि एक्लो यसमा के गलत कुरा अनि हुन नसक्ने कुरा छ त ?
मैले भने नि रबि यो हुन सक्दैन....भने पछि सक्दैन......
तर किन नैना ? किन ?
किनकि मेरो कुरा सुने पछि तिमिले मलाइ घ्रिणा गर्नेछौ...त्यसैले रबि म तिम्रो लायक छैन ...मलाइ पाँउने आसा नगर...
मैले भने नि नैना म तिमिलाइ मन ले चाहन्छु....
नाँइ रबि म यो घृणित जिन्दगि अरुलाइ बोझ बनाँउनु चाहन्न ,,,म जन-युद्दमा पिडित भएकि नारि हुँ ।त्यो बिकट गाँऊ मा कहिले आर्मि बाट त कैले छापामार बाट पिडित भँए । मैले कुनै रात  अफ्नो इच्छाले काट्न पाँइन ।कहिले मलाइ मार्ने धम्कि दिएर त कहिले बाबु आमा लाइ मार्ने धम्कि दिएर मलाइ खेलौना बनाए..उनि रुँदै भन्दै थिइ...उनि हरुले मेरो आमा बाबा लाइ कहिले छापामार लाइ आस्रय दिएको ले आर्मि ले त कहिले आर्मिको कुरा मान्यो भनेर छापामारले पिँडा दिदै गए...अन्तमा मारेरै छाडे ...उनि भकानो छोडेर रुन थालिन....मैले बिचमा नै कुरा काँटे उनको....
नैना कृपया नरोउ  म तिम्रो रुवाइ..हेर्न सक्दिन...
उनि आसु पुछ्दै बोल्न लागिन्...रबि अब त जान्छौ नि मेरो जिन्दगि बाट ?
नाइ नैना म तिमि लाइ माया गर्थे..सायद अधुरो..तर तिम्रो यो कुराले म तिमिलाइ झन् माया गर्न थालेको छु..मैले तिमिलाइ मनले चाहेको थिए..तनले हैन..तिमि त यतिका दुख बोकेर हाँस्न सक्ने अनि सन्सार लाइ उदाहरण बनेर देखाउन सक्ने तिमि जस्ति नारि लाइ म माया मात्र हैन अपनाउन चाहन्छु....के तिमि म सँग बिहे गर्छौ ?
मेरो कुराले उनि सोच मग्न बनि अनि शिर निहुराएर..मन्द बोलिले ....रबि भन्दै मेरो हात समाइन्...म खुसि ले पागल झै भँए..छाति फुलेर पाहाड भयो...र म नि थोरै मुसकुराँए .....

No comments:

Post a Comment