अकाल मा मर्ने मरेकै छन्
लुटपाट गर्नेले गरेकै छन्
मानव अधिकार हरेकै छन्
हुने खानेले ढुकुटि भरेकै छन्
के यहि हो त
नेपालमा आएको गणतन्त्र ?
जागिर दिने नाम मा
सुकाइ थाङ्ना झै घाममा
युवा लाइ बिदेश पेलेकै छन्
आफु सत्ता मा खेलेकै छन्
के याहि हो त
गणतन्त्रले दिएको रोजगारि ?
कसैको पेट भोको छ
कसैको पाँच तारेको धोको छ
कोहि मागि खाइ जिउछन्
कोहि बिदेशी रक्सि अम्रित भनि पिउछन्
के यहि हो त
गणतन्त्र ले ल्याएको सर्बहाराको अधिकार ?
छोरिले केहि गरेन भन्छन्
घरको सन्दुक भरेन भन्छन्
अनि चेलि बिदेश तिर लाग्छन्
त्यहि समाजले कुरा काट्न थाल्छन्
के यहि हो त
गणतन्त्र ले दिएको नारी अधिकार ?
हुने खाने ले पढेकै छन्
गरिबको छोरा-छोरि सडेकै छन्
छोरा साढे झै खोलिएकै छन्
छोरी चुलो-चौको मा पेलिएकै छन्
के यहि हो त
गणतन्त्र ले ल्याएको समानता ?
सुन्तला को बोटमा सुन्तला फलेकै छ
बुढो रुख आफै ढलेकै छ
सुन्तलाको रुखमा स्याऊ फल्नु पर्छ
बुढो रुख ढाले पछि मात्रै ढल्नु पर्छ
नत्र गणतन्त्रले पनि
त्यस्तै नक्कल गर्नेछ...........
नेपालको कानुन
बनाए पो जान्नु नबनाइ कसले जानुन्...
No comments:
Post a Comment