gazal


मैले नगरे पिरती ज्यान फाल्नेरे उनले |
आफ्नै पिउने पानीमा बिष हाल्नेरे उनले |

मैले सम्झाई-सम्झाई सत्य अतित खोल्दानी
बरु पुराना साइनो आफै टाल्नेरे उनले |

दिन नसके सिन्दुर मैले किनेर चिम्टीनी
मेरो नामको सिन्दुर आफै हाल्नेरे उनले |

एक्लै बिताई जिन्दगि दुख काटेर हजार
आफ्नै आशुले जिन्दगि आफै गाल्नेरे उनले |

यति गर्दानी उनको कुरा काटेमा नटेरी
रही चितामा जिउदै तन बाल्नेरे उनले |

No comments:

Post a Comment