"आज भोलि"

आज भोलि यति धेरै पोल्छ मुटु किन ?
निर्मोही कै पक्ष लिई बोल्छ मुटु किन ?

बिर्सु भनि अन्तै सोच्छु सोच्ने शक्ति हुन्न
उनकै याद मा हरेक बाटो खोल्छ मुटु किन ?

मत पहाड तिमि तराइ समथर भन्दा
पहाड काटी तराइ मा ढोल्छ मुटु किन ?

कोहि उनि जस्तै दिल मा बास गराउ भन्छु
आना-कानी गरि मलाइ टोल्छ मुटु किन ?

तिमि बाट टाढा रही एक्लो जीवन रोज्दा
घरि घरी तिम्रै यादले पिरोल्छ मुटु किन ?

No comments:

Post a Comment