"एकै छिन भन्दा"

एकै छिन भन्दा भन्दै गए कयौ छिन
हजुर संग मनको कुरा गर्ने कुन दिन ?

डुंगा माथि पानी हाल्दा जरा टुसाउथ्योकी ?
खहरे लाइ दुख पोख्दा भाका सुसाउथ्योकी ?

भावना को चौतारीले छाया दिन्थे कि त ?
आफ्ना भए सम्झी-सम्झी माया दिन्थे कि त ?

सबले सोचे पराइ मलाइ आफ्ना कसले सोच्ने ?
सबै खुसि लुट्ने दाउ मा,पिडा दिई घोच्ने ?

समुद्र ले पाखा लाको बगर भए म त
दुख अनि पिडा बोक्ने सगर भए म त

No comments:

Post a Comment