"पत्नीब्रता कि पतिब्रता"

राती भएको जन्मदिन को कार्यक्रम ले अनिदो त थिए नै साथमा रिगटो पनि | रमाइलो को नाम मा दुइ-चार प्याक लगाएर गरिएको मस्ती ले प्रस्टै असर देखाई रहेको थियो | सात बजे सुरु हुने काम मा आठ बजे जसो तसो आइपुगे | धर्खारिदै कम्प्युटर को अगाडी बसे,पासवर्ड नै मिल्दैन |कहिले कुन त कहिले कुन अक्षर थिचिदो रहेछ |बिस्तारै एक-एक सब्द हेर्दै थिचेर कम्प्युटर खोले अनि जेन-तेन बिहानी को काम पाखा लगाए |आज सबै मेनेजर को छुट्टी भएको ले म बिश्वस्त थिए स्वतन्त्रता मा | मलाइ थाहा थियो आज न कसैको फोन को घन्टी बज्नेछ या त कोहि आउँनेछन | "खाली दिमाग शैतान का घर" भन्छन नि,हो यस्तै भै रहेथ्यो |

हामी पुरुष .......भैगो मेरै कुरा गरौ ...| घरमा पतिदेव को पर्खाइ मा रातो-दिन तड्पी रहेकी हुन्छे | उहाँ को के छ खबर ?,सन्चो-बिसन्चो के छ ?,के खानु भयो कि छैन ?,कहिले आउने होला ?,उनका हरेक पल यस्तै सोचेर बित्छन |हामी भने पाए लगायो २/४ प्याक अनि मन मा जे आउँछ त्यहिँ | न कसैको टन्टा न पिर व्यथा |फेरी मैले सबै नारी हरु यस्तै पतिब्रता छन् भनेको पनि हैन | होलान कोहि अपबाद मा नराम्रा | तर सबै पुरुष पत्नी ब्रता हुन्छन त ?पुरुष हरु त अपबाद मा पनी राम्रा भेटिन मुस्किल हुन्छ होला| रक्सि नपिउने,घर को अर्धांगिनी लाइ बेगर हात नलगाउने भेटिन्छन र ?अलि कति १८/२० को देखे पछी जिब्रो आफसेआफ पडकिन्छ | के उनि हरु पत्नी को लामो आयु को लागि पानी पनि नपिएर ब्रत बस्छन त ?एक दिनको ब्रत ले मात्र कसै प्रति समर्पित होइन्छ भन्ने मेरो भावना भने पटक्कै हैन |

पत्नीब्रता नै चाही हैन,गर्ल फ्रेन्ड ब्रता को लागि एक दिन ब्रत बस्दा पेटमा मुसा दौडेर साँझ को घाम नढल्दै गुन्द्रुक र ढिडो हसुरेको मलाइ प्रष्ट याद छ | जो घरमा छैन उसलाई ल्याउन त त्यति गर्न सकिदैन झन् घरमा आए पछी के ब्रत के तिर्थ | अनि हामी सधै नारी लाइ नै चरित्रहिन भन्छौ | कसैको हात समाएर हिडे पनि आरोप बर्सिन्छ | चाहे उसको हामीले नचिनेको ममा-काका को छोरा होस् | तर नराम्रो भने अवश्य सोचिन्छ | अनि हामी जहिले पनि नारी लाइ नै चरित्रहिन भन्छौ जबकी हाम्रो सोच नै चरित्र हिन छ |चरित्रहीन सोच बोक्ने हामी पुरुष चरित्रवान छौ त ?म पनि यहि समाज को पुरुष नै हूँ,त्यसैले म यो कुरा बाट बिल्कुल अलग छु चोखो छु भन्न सक्दिन | त्यसैले यो मेरै गन्थन भन्दा फरक पर्दैन |

काम को साह्रै चटारो नभएको ले के गरौ के भै नै रहेको थियो |यी सोचेका कुरा हरु लाइ नै प्रमाणित गरौ न त झैँ लाग्यो | मेरो एउटा साथी अनिल,हसिलो मुहार,गँहु-गोरो बर्ण,अनि थोरै कस्तो-कस्तो | सधै केटि को आइडी माग्ने हुदा मेरो नजर अनि मस्तिष्क उही माथि खनियो |कम्पनि को इन्टरनेट को खासै भरोशा नभए पनि जेन-तेन जी-मेल भने चल्थ्यो |मैले यसै लाइ उपयोग गर्ने सोच राखी झट्ट-पट्ट एउटा केटि को नाम मा आइडी बनाए अनि उही नाम बाट गुगल मा फोटो सर्च गरि सजाए अनि कुराकानी को लागि तयार भए |अर्को कुरा अहिले नै भन्दा प्रष्ट होला |उहाँ एक बिबाहित पुरुष हुनुहुन्छ |भर्खरै हो उहाँ बिबाह गरेर विदेश छिर्नु भएको |

हाई-हेल्लो चल्न थाल्यो | के-के कहाँ-कसरि सोधेर वाक्क लगाउन थाल्यो |म सच्चाई ओकल्न पनि सक्दिन थिए अनि रिसाउन पनि |तसर्थ प्रसङ्ग नै मोडे मैले |दाजु त क्या झुर रैछन नि |यस्तो नि सोधेर बस्ने ? मेरो यस्तो अभिव्यक्ति ले उसमा निकै साहस घुसे जस्तो लाग्यो | त्यस पछी उ रोमान्टिक कुरा तिर मोडियो | ब्वाय फ्रेन्ड छ कि छैन ?,के गर्छौ ?कहाँ बस्छौ ?,.........यस्तै यस्तै .....|मैले एउटा असल केटि ले झैँ जवाफ दिन्थे |सर्माए झैँ,छैन -हैन यस्तै ......सके सम्म उसैमा समाहित जस्तो |मैले उसलाई सोधेको पनि थिए,हजुर को बिहे भयो त ? उ नि संकोच उत्तर फर्काउथ्यो |अह छैन. विदेश बाट फर्के पछी गर्ने,केटि को खोजि मा छु,तिमि जस्तै शुशील सरल | म फेरी लेख्थे छ्या है दाइ पनि, कस्तो कुरा गरेको ?अनि मन मनै भन्थे आफुलाई,” घर कि स्वास्नी छैन-हैन भन्दै केटि पटयाउने | उल्लु बनेको थाहा छैन |” मलाइ थाहा छैन उ कसको कुरा काट्दै थियो तर यस्तो लेख्दै थियो |

"जिउने आधार खोज्दै छु आज यो बिरानो मुलुक मा | उनको तिरस्कार ले छाति भित्र आगो को ज्वाला दन्दनी बलि भत्भती पोलिरहेछ | "माया र प्रेम को खिल्ली उडाउदै छे रे उ | मेरो माया लाइ जाली-झेली भन्छे रे | मौका परे त को हो उ पनि भन्न पछी पर्दिन रे | अनि यो मुटु मा आफ्नै ले अचना झैँ परे पछी म संग जिउने आधार नै रहेन नि | जिन्दगि जिउने र मर्ने संगै भनेर देउराली मा खाएको कसम कुरा नै त हो भन्छे रे |

जब म मर्न चाहन्थे हात समाएर डोहोर्याइ | हिड्न सिकाइ,समाज मा रुज्न सिकाइ,अनि जिन्दगि को बास्तबिकता देखाई जिउने आधार दिइ | संसार का खुसि हरु आँखा अगाडी देखाई संसार लुटाइ | अनि आज आफै होम्दै छे बिशाल आगो को खानी भित्र |यहि दिनको लागि हो त उनले संसार भरि का सपना मेरो मन मष्तिस्क मा भरि बलि को बोका झैँ पोसेको ?साथ दिइ सगरमाथा सम्म डोहोर्याई अनि मलाइ एक्लै छाडी आफु अर्कै दुनिया मा मेरै कुरा काटेर मस्ती को जालो मा बेरिदै छे | मलाइ आवारा,लफंगा,झुट,स्वार्थी...यस्तै यस्तै उपमा दिदै छे रे | सबैले यस्तो भन्दा मेरो मन मस्तिस्क मा कुनै असर परेन किनकि उनि नै थिइन् मेरो संसार अनि सबथोक | उनले साथ दिदा म यो संसार संग आफ्नो पहिचान को लडाई लडिरहेको थिए आज उनि अरु कसैको अंगालो मा अनि सिउदो मा कसैको सिन्दुर पहिरिएर नया जिन्दगि बिताई रहेकी छे त्यसैले त म वास्तब मै एक्लो छु |

साह्रै राम्रो कथा बनायो एकै छिन मा | घरकी बुढी को ख्यालै नगरी | मैले सिरियस भाको झैँ सम्झाए,भैगो नि त अनिल जी जाने लाइ कहाँ रोक्न सकिन्छ र | हामी छौ नि हजुर को साथी | किन एक्लो ठान्नु हुन्छ | यस्तै क्रम मा कुराकानी चल्दै थियो | कुरै कुरा मा उ म संग बिबाह गर्ने अनि रमाइलो घरजम बसाउने कुरा गर्न थाल्यो |मैले मेरो बाबा-आमा को इज्जत-प्रतिष्ठा दर्साए |तर उ त घर मै माग्न आउँला,नदिए भागेर जाउँला,भन्दै थियो |तिमीलाई म संसार को खुसि बटुलेर दिन्छु नाइँ नभन है ल रे अझै |साच्चै पहिलो नजर मा नै,पहिलो बोलीमा नै तिमीले मेरो मन चोरी लग्यौ | फोटोमा त यस्ती छौ झन् स्वयम दर्शन पाउदा त कस्ती हौली ?खै के के यस्तै लेख्दै थियो उ | अनि साइन आउट गरे मैले |हामी पुरुष केटि को नाम मै यति धेरै मारी मेट्छौ,चिन्नु -जानु केहि छैन |

म त्यहाँ बाट उठेर अनिल भाको ठाउ मा पुगे | उ मुसुमुसु हाँसी रहेको थियो | म झसङ्ग भए,थाहा पाएछ क्यारे,मेरो मेहनत सबै माटो मा मिल्यो भनेर | तर उ भन्दै थियो-"हेर्न यार एउटी केटि आकी थि आज अनलाइन मा बबाल गफ हानियो " म अलि ढुक्क भए | उही केटि को आइडी मागेर आफ्नी कम्प्युटर को अगाडी आए अनि पेट मिची मिची हसना थाले | केहि छिन मा नै मेरो हाँसो पिडा मा बदलियो |किनकि यो उदाहरण ले मलाइ पनि उही पुरुष को दर्जा दिनेछ एक "चरित्रहीन"पति |सबैको हुल मा म एउटा कसरि बिटुलो रहला र ?त्यसैले नारि लाइ मात्र दोष लगाई आफु खुलेआम चरित्रहिन भन्नु भन्दा चरित्रवान अनि पत्नीब्रता पति बन्ने तिर पनि सोच्ने कि ?

-कुमार यात्री

No comments:

Post a Comment