झुट बाट नै सुरु भएको हाम्रो साथ | साँचो बोले पनि हामी झुट नै सम्झंथ्यौ होला |बिगत का केहि दिन हरु देखि हाम्रो सम्बन्ध नजिकिदै तर जाडो ले ब्रम्हाण्ड चिसिए झैँ चिसिदै थियो | म अलिक उरंठेब्लो पारा को मान्छे |उहाँ शिष्ट,शुसिल अनि कर्तब्यनिष्ट | चन्द्रमा को दाग लाइ पनि हटाउन सक्ने सामर्थ्य थियो उहाँ मा | बोलीको सरलता नै महान सम्पति थियो |कहिल्यै नराम्रो बचन बाण हुदैन थियो |समग्र मा भन्नु पर्दा झुट बाट नै सुरु भएको साथ भए पनि म पूर्ण पूर्ण विश्वास गर्थे उहाँ लाइ |
किसान लाइ मङ्सिर झैँ किशोर- किशोरि हरु लाइ किशोरावस्था |चाहेर पनि लुकाउन नसकिने |किसान कै सोच आउथ्यो मङ्सिर नै त हो बालि भित्र्याउने |यो समय का पल-पल महत्वपुर्ण छन् |म सताई रहन्थे उहाँ लाइ |कहिले के को माग दर्शाउथे त कहिले के को |उहा पनि कहिले के त कहिले के बहाना बनाइ मित्रता लाइ अझ सुमधुर बनाउदै हुनुहुन्थ्यो | हाम्रो साथ चल्दै थियो ऋतु सरि बदलिदै | मैले एक दिन एक्कासी उहाँ संग नम्बर मागे | उहाँ ले ल्याण्ड लाइन को नम्बर दिनु भयो |म अलिक जंगी भए अनि त्यो हैन के मोबाइल नम्बर भने | उहाँ राजी त हुनु भयो तर सर्त मा |सर्त सुने पछी म अनकनाए | म दोधार मा परें |भन्दा पनि र नभन्दा पनि एउटा साथी त गुमाउनु नै पर्ने भयो मैले | धेरै सोचे | मैले सायद उहाँ लाइ नै मनाउन सक्छु भन्ने ठानी नभन्ने निर्णय गरे |तर उहाँ बाट आरोप को वर्षा हुन थाल्यो |
म संग त्यस आरोप लाइ स्वीकार्ने बाहेक अर्को विकल्प नै थिएन |हो-हजुर-हवस् भन्दै गए | उहाँ ले हाम्रो साथ यति सम्म नै होला,यहाँ भन्दा अगाडी नजाउ भन्नुभयो |उहाँ ले पुरै आरोप खुलेर पनि लगाउनु भएन | ज्यादै घुमाउरो पारा मा लगाउनु हुन्थ्यो | मैले यस्तै बुझे कि उहाँ मलाइ "प्ले ब्वाय"भन्दै हुनुहुन्थ्यो |यो मेरो बुझाइ को खोट पनि हुन सक्छ |म अलिक कम बुझ्छु या त चाहिने भन्दा बढी | त्यति मै हाम्रो डिसकनेक्ट भयो | भोलि को प्रतिक्षा मा बिचलित भए म |झिलिमिली बत्ति को उज्यालो पनि अन्धकार झैँ लाग्थ्यो | एउटा निश्चल मनले चाहेको तर मुहार अपरिचित मित्र संग को खरो शब्द ले म मडारिइ रहे |माघ महिना को ठण्डी पनि चैत्र-बैशाख जस्तै हुदै थियो |मन भित्र उहाँ कै कुरा ले भत्भती पोल्दै थियो |उहाँ लाइ मैले दिएको चोट को सजाए अरु संग थिएन |बास् उहाँ संगै थियो |एक असल मित्र गुमाई रहेको पिडा ज्वार-भाटा बनि मन अनि मस्तिष्क मा छचल्किदै थियो |
कुखुरा को भाले ले बिहान भएको संकेत गर्यो | मिर्मिरे उज्यालो पनि मलाइ चिहाउदै थियो |यस्तो लाग्थ्यो यी सबै चिज हरु ले मलाइ गाली दिदै थिए | मैले झट्ट-पट्ट कम्प्युटर खोले अनि मेल लेखे ......
नमस्ते निशा जी .....
आज फेरी यो मन को हरेक कुना कन्दरा मा अनि तरङ्ग हरु मा हजुर को याद रुपी स्पर्स का झोका हरु ले घच्घच्याई रहदा को पिडा खप्न नसक्दा हजुर को मन को मझेरी मा सब्द रुपी गुच्छा चढाउन जमर्को गर्दै छु कृपया अस्विकार गरि हृदय को अस्मिता मा दाग नलगाई दिनु है त || जिन्दगि को दौरान मा यति सजिलै अनि यति छिटै मलाइ यसरि हजुर को मित्रता को जालो ले बेरिदिनु भयो कि म चाहेर पनि निस्कन सक्दिन |हजुर ले जे जस्तो बोले पनि साचो नै बोल्नु भा को होला जस्तो लाग्छ | जिन्दगि जीउनु र जिईदिनु को वास्तविक फरक मैले हजुर बाट सिक्दैछु | यहाँ जिउनु भन्दा जिईदिनु को मज्जा नै छुट्टै रहेछ | आँशु पिएको मज्जा ले म परिचित मान्छे आज आशु पिएको मज्जा पछी को अर्को "कसैको लागि जिईदिनु जिन्दगि" को मज्जा आज म खुलेर प्रयोग गरिरहेछु | यहाँ हामी कोहि एक को लागि जिउदा हाम्रो लागि जिउने हजार भेटिदा रहेछन |
आँशु जिन्दगि,हासो जिन्दगि,चोट जिन्दगि,पिडा जिन्दगि खुसि जिन्दगि,खेल्नु जिन्दगि नाच्नु जिन्दगि,झुट जिन्दगि,सच्चाई जिन्दगि .........आखिर जिन्दगि के हो त ? हजुर संग झुट मा सुरु गरेको मित्रता को लायक त थिइन म तर हजुर ले यसलाई काबिल सम्झनु भयो |त्यहिँ हजुरको सोझोपना को फाइदा उठाउन मैले कहिले के त कहिले के हजुर लाइ माग्दै गएँ | यसको लागि म हृदय देखि नै माफी चाहन्छु | म यति नै सम्झन्छु कि म यी कुरा हरु माग्न अझै पनि काबिल छैन | हजुरको यति नजिक पुग्न सायद मेरो यो जुनी काफी छैन होला | तर पनि जन्मौ पछी यदि कुनै दिन हजुरको नजिक हुने मौका पाएँ भने अवश्य सोध्ने नै छु,"म के गर्न सक्छु हजुर को हृदय भित्र एक असल मित्र बनेर बस्न को लागि ?" यो जुनीमा जित्न नसकेको विश्वास जित्न म जुनी जुनी प्रयास गर्नेछु |
-Ni-rose
-Ni-rose
केहि क्षण पश्चात उहाँ को आगमन भयो | मैले माफी मग्न सुरु गरे | तर कुनै जवाफ नै आएन |उहाँ अलिक ब्यस्थ हुनु हुदो रहेछ |आफै ले बताउनु भयो |अनि आफु नरिसाएको दर्शाउनु भयो तर त्यो दिन का कुरा पनि अलिक कडा नै थिए | अन्त्यत उहाँ ले सम्बन्ध तोड्ने नै कुरा गर्नु भयो | मैले अन्त्यमा भनेको थिए "सायद हजुर ले म संग मित्रता गाँसी रहदा पछी हजुर लाइ पर्ने बाधा-व्यवधान हरु लाइ केलाएर नै आफ्नो फैसला सुनाउनु भाको होला | म चाहन्न मेरो कारण ले हजुर को व्यक्तिगत सरोकार मा नकारात्मक असर परोस | हजुर भनि दिनुस कि “Ni-rose” संग को सङ्गत ले मेरो जिन्दगि का पाना हरु मा नमेटिने दाग लाग्नेछ" म त्यति नै खेर हजुर को नजर बाट टाढा हुनेछु |"
भन्ने कुरा बाँकि हुदा-हुदै अफलाइन हुनु भयो |मैले कति कुर्नु पर्ने हो उहाँ लाइ भेट्न मलाइ नै थाहा थिएन |बिहानी को सुरुवात संगै फेरी उही कम्प्युटर संगै टाँसिए | उहाँ को पर्खाइ थियो मलाइ |तर आउनु भएन जी-मेल मा | मैले याहु मा भेटे उहाँ लाइ | आज मुड सहि नभएको र हिजो को कुरा मा माफी दर्शाउदै हुनुहुन्थ्यो |फेरी सधै झैँ डिसकनेक्ट |जसो-तसो सुर्य ले आफु अस्ताउने संकेत गर्यो अनि चन्द्रमा ले उदाउने |पहिले का रात हरु भन्दा बेचैन मा बिते मेरा रात हरु |आफ्नै मन ले साथ नदिदा म लाचार भए अनि पुन:मेल लेखे ......
हजुर संग रिसाएर,हाँस्नु को संग ?
यति चोखो नाता,गाँस्नु को संग ?
आफ्नै लाइ हेला गरि मन फिर्ता लिंदा
मित्र बिना एक्लो मन,टाँस्नु को संग ?
उडी छुने चन्द्र लाइ,मेरा सपना हरु
अधुरो नै भए पनि ,साँच्नु को संग ?
मन भित्र उर्लिएका,चोट अनि व्यथा
हजुर टाढा हुँदा,मास्नु को संग ?
पबित्र यो नाता,"यात्री" बनि तोड्दा
दुनिया मै एक्लो भइ,बाँच्नु को संग ?
जधौ,जोजोलप्पा,तारेमाम,फ्याफुल्ला,शुभ पल,शुभ क्षण,शुभ समय अनि नमस्ते निशा जी ..... | कुरा नै नगर भन्दा पनि जिस्काई रहने कस्तो लाक्षी रहेछ भनेर गाली भने नगर्नु है त ! हिजो हजुरको Gmail मा आगमन नभएको ले बाध्य भएर फेसबुक सम्म चलाउन पुगे | महिना मा एक चोटी मुस्किल ले पुग्छु म फेसबुक सम्म | मलाइ फेसबुक मा धेरै इन्ट्रेस नभएर नै हो भन्न रुचाउछु म | हिजो पहिलो चोटी हजुरको फोटो हेरे |त्यहाँ भन्दा अगाडी हजुर कस्तो अनुहारको हुनु-हुन्थ्यो थाहा नै थिएन | साना आँखा छन् हजुरको गाजल लगाउदा सुहाउछ भनेको थिए मैले सोचेर मात्रै तर हजुर को आँखा त बास्तव मा नै त्यस्तै रहेछ | आँखा भरि मित्रता को बिशाल भण्डार बोकेर हिड्नु हुने हजुर जस्तो मित्र लाइ म कुन शब्द को उपमा दिउ ?
अनि अर्को कुरा निशा जी......मैले हजुर संग जे-जस्तो व्यवहार गरे,जसरि हजुर को भावना लाइ खेलवाड गरें अनि कहिले फोटो त कहिले मोबाइल नम्बर मागेर हजुर लाइ सताए,त्यसको लागि म हजुर संग हृदय देखि नै माफी माग्न चाहन्छु | बस्ताब मा म गलत थिएँ त्यो दिन | कुनै पनि केटि मान्छे लाइ कहिले के त कहिले के मागेर सताउनु नै हुने थिएन | हाम्रो भेट च्याट मा त भइरहेको नै थियो नि हैन र ?मलाइ नम्बर को किन खाचो थियो र ? हजुर को ठाउँ मा म भएको भए पनि सायद त्यहिँ नै सोच्थे होला जे हजुर ले सोच्नु भाको थियो | जहाँ सम्म मोबाइल नम्बर को कुरा रह्यो त्यो त आफ्नो मनले दिने होनी | अनि हिजो हजुरले माफी माग्दा म आज सम्म अनिदो नै रहे | कुनै पनि मित्र ले "सरि" भन्दा यति धेरै सोचेको यो मेरो पहिलो पल हो | सक्नु हुन्छ भने अब का दिन हरु मा माफी नमाग्नु ल !
जिन्दगि मा आँशु र हाँसो को पल अनि सङ्गम ले नै जिउनु को मिठास ल्याउछ | कहिले हासो कहिले आँशु, कहिले रिस-राग त कहिले माया अनि कहिले अविश्वास त कहिले बिश्वास यहि त हो जिन्दगि हैन र ?जिउनु छ अनि मर्न पनि | यसको बीच मा हामी मान्छे किन आ-आफु मा दुश्मनी को भावना जागृत गराउछौ | भगवान ले जब कि "साथी"भन्ने यति महान नाता अनि सम्बन्ध दिएका छन् | रगत को नाता र भावना को नाता मा कुनै मा कमि छैन | सोचे सबै आफ्ना हुन् | किन कि हामी नेपाली हौ | हाम्रो घर नेपाल हो | अनि छाना खुल्ला आकाश | हामी सबै को आमा एक हुन् "नेपाल"| कुरा ले त हो नै जस्तो पार्छ नभन्नु होला है त,यो मेरो मनको धारणा हो |हवस् त निशा जी मेल लामो भाको जस्तो लाग्यो |फेरी पढ्न पनि पट्याई लाग्ला | त्यसैले चलिरहेका हात रोक्ने अनुमति चाहन्छु |
उहाँ कै जवाफ को प्रतिक्षा मा पल-पल बिती रहे |मेरो एक मित्र को स्वच्छ मन जसलाई मैले अचना झैँ छिया-छिया पारें | उहाँ को त्यो मन लाइ निको बनाउने मलम म मन भित्रै खोजि रहेछु |आफ्नो गल्ति को पश्चाताप को आगो मा जली म उहाँ को उत्तर को प्रतिक्षा मा आफ्नो पल-पल बिताई रहेछु .........
-कुमार यात्री
No comments:
Post a Comment