"देशले आज"

देशले आज बन्दुक हैन,कलम माग्दैछ |
रगत हैन देशले आज,शान्ति माग्दैछ |

भाइ-भाइ को मारामारी लुटपाट हैन
अहिंसा को मार्गदर्शक क्रान्ति माग्दै छ |

देशकै लागि मर्छु-मार्छु भन्ने हरु हैन
शान्तिको दिप जलाउने सन्तति  माग्दै छ |

तँ ठुलो र म ठुलो को भेदभाब हैन
सबै लाई समान हेर्ने कान्ती माग्दै छ |

रगत को भेल बगाई दरबार हैन
पसिना को पौरख को कुटी माग्दै छ ||

-कुमार यात्री
kumaryatri@gmail.com

No comments:

Post a Comment