“सपनीमा”

रिसाको छु भन्दै हात समाउनु भो नि |
हिजो राती सपनीमा किन आउनु भो नि?

हजुर संग बोल्दिन म,भनि तर्किएर
एकान्तमा पुगी किन,रमाउनु भो नि ?

मुटुभित्र याद बोकी,चाहत आँखा भित्र
माया छैन भनि किन टोलाउनु भो नि ?

पहिलो पल्ट केहि मागे,इन्कार गर्नुभयो
सपनीमा फर्की किन,बोलाउनु भो नि ?

हजुरलाइ भन्दा मलाइ,मित्रताको खाचो
मै आउथे नि सपनीमा,किन धाउनु भयो ?

No comments:

Post a Comment