पिउँ जस्तो लाग्छ मलाइ,मात हजुरको |
एकै छिन सुन्न छुट्दा बात हजुरको |
भुल्नुभोकी जस्तो लाग्छ चस्स मुटु दुख्छ
आज सम्म नहुँदा नि घात हजुरको |
लर्बराउछु कतै खोच अनि कन्दरामा
बामे सर्दै हिडौं समाई हात हजुरको ?
सपनी मा गइ मैले जिस्काएँ नी हिजो
आफ्नै जस्तो लागि दिँदा रात हजुरको |
सिधै मनमा डेरा जमाई,घरै बसाउने
बुझ्नै गाह्रो,साँच्चै कस्तो जात हजुरको ?
एकै छिन सुन्न छुट्दा बात हजुरको |
भुल्नुभोकी जस्तो लाग्छ चस्स मुटु दुख्छ
आज सम्म नहुँदा नि घात हजुरको |
लर्बराउछु कतै खोच अनि कन्दरामा
बामे सर्दै हिडौं समाई हात हजुरको ?
सपनी मा गइ मैले जिस्काएँ नी हिजो
आफ्नै जस्तो लागि दिँदा रात हजुरको |
सिधै मनमा डेरा जमाई,घरै बसाउने
बुझ्नै गाह्रो,साँच्चै कस्तो जात हजुरको ?
No comments:
Post a Comment