मलाइ धोकेबाज को संज्ञा दिई
तिमि रातो साडी मा
अनि पराइ को चाहतमा
रमाउदै,हास्दै-खेल्दै
लटरम्म सृंगारिएर
मुस्कुराएको बेला
म एक चिज माग्दैछु
बस् एक टुक्रा धागो
तिम्रो फरिया बाट
हातमा निकालेर राख है !
तिम्रा ती सिउदो मा
सिन्दुरको लहर चल्दा
तिमि अब
अरु कसैको हुदा
एक चिम्टी सिन्दुर
हातमा राखी
ब्राम्हण ले भने भन्दा
एक पटक बढी
जज्ञ को आगो मा घिउ थप है !
म प्रार्थना गर्छु भगवान संग
तिम्रो हर खुसि को लागि
हर चाहना को लागि
अनि सौभाग्यको लागि
किनकि,
म माथि लागेको
धोकेबाज को दाग अब
यसरि नै मेटिन्छ होला
कृपया,
त्यो एक टुक्रा धागो
त्यो एक चिम्टी सिन्दुर
मेरो शिर मा तिमीले नै राखी
तिम्रो जज्ञ मा
बलिको बोको बन्न देउ है !
-कुमार श्रेष्ठ
kumaryatri@gmail.com
तिमि रातो साडी मा
अनि पराइ को चाहतमा
रमाउदै,हास्दै-खेल्दै
लटरम्म सृंगारिएर
मुस्कुराएको बेला
म एक चिज माग्दैछु
बस् एक टुक्रा धागो
तिम्रो फरिया बाट
हातमा निकालेर राख है !
तिम्रा ती सिउदो मा
सिन्दुरको लहर चल्दा
तिमि अब
अरु कसैको हुदा
एक चिम्टी सिन्दुर
हातमा राखी
ब्राम्हण ले भने भन्दा
एक पटक बढी
जज्ञ को आगो मा घिउ थप है !
म प्रार्थना गर्छु भगवान संग
तिम्रो हर खुसि को लागि
हर चाहना को लागि
अनि सौभाग्यको लागि
किनकि,
म माथि लागेको
धोकेबाज को दाग अब
यसरि नै मेटिन्छ होला
कृपया,
त्यो एक टुक्रा धागो
त्यो एक चिम्टी सिन्दुर
मेरो शिर मा तिमीले नै राखी
तिम्रो जज्ञ मा
बलिको बोको बन्न देउ है !
-कुमार श्रेष्ठ
kumaryatri@gmail.com
No comments:
Post a Comment