आउछु भनि ढाट्यौ तिमीले,मलाइ हिजो-अस्ति |
आइनौ तिमि उजाड भए,मेरा मन का बस्ति |
आथ्यौ तिमि बहार बनि,दिई हाँसो -खुसि
तर छुट्ने बेला लग्यौ, रहर का गस्ती |
कल्प-कल्प भित्र मलाइ,पर्खाइ मा राखी
जिते आफ्नो खेल भनि,गर्दै हौली मस्ती |
आउछु फर्की-भुल्ने छैन,भन्यौ जिब्रो चपाई
आफ्नै बचन अपूर्ण भो,साच्चै तिमि कस्ती ?
मलाइ ढाँटि-ढाँटि तिमीले,अन्तै आँटे पनि
अझै भन्छु सत्य तिमि,गुलाफको फुल जस्ती
No comments:
Post a Comment