पहिलो भेट मा नै हातमा हात मिलाएर
अनि गाला मा ओठ जोडेर
चप्प चप्प माया गरेको भए
तिमीले स्विकार्थ्यौ होला
धेरै माया गर्छ भनेर
सानो -सानो आवश्यकता भित्र पनि
तिम्रो लागि आकाश को तारा
अनि जुन टिपेर ल्याउने कुरा गरेको भए
मुटु प्रफुल्ल पारी
तिमीले स्विकार्थ्यौ होला
धेरै माया गर्छ भनेर
यौन पिपासु जस्तै
तिम्रा हरेक पाइला मा पाइला जोडेर
अनि हरदम फरक-फरक
तिम्रा अङ्ग-अङ्ग को बयान गरेको भए
तिमीले स्विकार्थ्यौ होला
धेरै माया गर्छ भनेर
स्याउजस्ता गाला तिम्रा
हिडाई हरिण को जस्तो
कम्मर चटक्क छिनेको भनि
तिम्रा हरेक अङ्ग संग माया गरेको भए
तिमीले स्विकार्थ्यौ होला
धेरै माया गर्छ भनेर
मलाइ त तिम्रो शरीर को बर्णन गर्नै आएन
हरपल तिम्रो मन मा बस्न खोजे
संगै जिउने मर्ने सपना देखे
तिम्रो काम-वासना मा डुब्न चाहिन
अनि के स्वीकार गर्थ्यौ तिमीले
धेरै माया गर्छ भनेर
-कुमार यात्री
kumaryatri@gmail.com
No comments:
Post a Comment