टेबल माथि मोबाइल को घन्टी बज्यो |मोबाइल मा सुमधुर हिन्दी गित बजिरहेको थियो | बिहान को मिठो निन्द्रा लाइ चकनाचुर पारेको मा क्रोधित भए | अनि कराएँ :......."ए कसको मोबाइल हँ ? उठाउने भए उठा नत्र मै उठेर फ्याकि दिउला | एक हप्ता पछी को छुट्टी पनि राम्रो संग सुत्न दिदैन |" मैले क्रोधित हुँदै भने |
मेरो यार .....भन्दै आकाश ले फोन उठायो | अनि अर्को साथी कराउदै थियो ......"फोन मा त गित त थियो,तँ मुलाको साग कराएर चौपट्टै पारिस |"
उता आकाश मस्त थियो कुराकानी मा ......
बाबा ...
दर्शन .....
हजुर.....ठिकै छ...
राम्रो छ .........
बाबा को नाम ले मलाइ बाँकि निन्द्रा ले पनि शुभ बिहानी भन्दै बाटो लाग्यो | म झस्किएँ | धेरै भयो बाबा को स्वर नै नसुनेको | घर छाडेर शहर आउदा देखि बाबा को स्वर कान मा गुन्जिरहेको थियो | तर सुन्ने मौका मिलेको थिएन |
आकाश मेरो मोबाइल ले त ! ( मैले सुस्तरी भने )
सुत-सुत किन चाहियो ? गर्ल फ्रेन्ड हो ?
ह्य़ा त पनि छिटो दे |
मैले फटाफट बाबा को नम्बर डायल गरें |कहिले सम्पर्क हुन सकेन त कहिले स्विच अफ भन्दै नेपाल टेलिकम क दाजु र दिदि पालै-पालो बोल्न थाले | बाबाको सपना थियो छोरा ले धेरै पढोस अनि बाबा को नाम रोशन गरोस |तर म बाबा कै कुरा काटेर पढ्न छाडेर शहर छिरे | त्यो पहिलो क्षण थियो मैले बाबा को कुरा नमानेको | मध्यम स्तर को वर्ग मा जन्मिएको म न त गरिब थिएँ न त धनि ! घरको खेति-पाती ले लगभग खान पुग्थ्यो | अनि बाबा को जागिर छोरा-छोरी पढाउन र अन्य खर्च | मलाइ यो मध्यम स्तर नै मन पर्दैन थियो | न त सडक को न त महल को | सडक सम्म पनि जान नसक्ने अनि महल सम्म पनि | सडक र महल को बीच मा घुटिएर बाच्न धेरै कठिन लाग्थ्यो | तर शहर को प्रस्थान पछी म निकै बरिष्ठ अनि धनि त गाउमै थिएँ जस्तो लाग्यो | वल्ल घर-पल्ला घर,काका-काकी,ठुला बा-ठुली आमा,दाजु भाउजु सबैले घर मा रिसाउदा फकाउथे अनि मिठो-पिठो जे भए पनि प्रेम ले खुवाउथे |तर यहाँ स्वार्थ भन्दा माथि केहि पनि छैन | म फेरी झस्किएँ | गत रात को कुरा-कानी सम्झिएँ "माया- प्रेम" को ............
आमा को निस्वार्थ प्रेम अनि त्याग सम्झना आयो |आँखा हरु रसाउन लागे | नौ महिना सम्म आफ्नो पेट मा राखेर अनि जन्मी सकेपछी पनि आफ्नो शरीर को रस चुसाएर लक्क जवान बनाउनु को फाइदा देखिन मैले | उही आमा लाइ एक्लै छाडी आज शहर मा भौतारीइ रहेछु | ति बुढी आमा कहिले भन्ज्यांग मा त कहिले चौतारी मा अनि मेलापात मा कति कष्ठ ले दिन काटी रहेकी होलिन ? पिठ्यु मा घास को भरि बोकेर पसिना को धारो छुटाउदै ठाडो बाटो मा खुइय गर्दै हिड्दै होलिन | "बाह्र छोरा तेह्र नाती,मुरी को धोक्रो काध माथि" भन्ने उखान चरित्रार्थ नै भयो |
ए सलिन के खाने हो नि ? म लिन जादैछु |
केहि पनि खान्न (म झर्केर बोलें)
छाड्न यार बिशाल ! जे मन पर्छ उही ले | आकाश ले सुमधुर हुदै भन्यो |
मैले पुन:प्रयास गरे लाग्दै लागेन | नेपाल को मोबाइल नेटवर्क देखि नै क्रोध को सिमा रहेन |मैले अर्को नम्बर लगाए | फोन लाग्यो | मैले हेलो नभन्दै आवाज आयो |
हेई ..सलिन.......कता नि यत्तिका दिन ? फोन पनि नगर्ने अनि गर्दा पनि नउठाउने ?
अलि ब्यस्थ थिएँ | मैले झुट बोलें | सलिना तिमि मलाइ माया गर्छौ कि प्रेम ?
किन यसमा के भिन्नता छ र ? भिन्नता छुट्याउन चाहन्छौ भने म तिमि लाइ प्रेम गर्छु | तर किन सोध्दै छौ यी सबै ?
किन कि म तिमि लाइ प्रेम गर्दिन-माया गर्छु |त्यो स्वार्थी माया जसको लागि म केहि पनि त्याग्न सक्दिन | बस् लिन चाहन्छु | तिम्रो प्रेम अनि झरना झैँ जवानी | तिम्रो कुमारीत्व अनि सुन्दर मुहार | तिमि मा कुनै खोट हुने हो भने सायद म माया नै गर्ने थिइन होला | बिष्णु भगवान लाइ श्राप दिलाउने मायाजाल भन्दा कम नहोला मेरो माया | म तिमि लाइ आफ्नो बंशज धान्न प्रयोग गर्न चाहन्छु | एक निस्वार्थ प्रेमी अनि पति बन्ने क्षमता नै छैन म मा | म तिमि लाइ कुनै पनि हालत मा गुमाउन चाहन्न |किन कि त्यो मेरो लागि त्याग हुनेछ | माया मा त्याग हुदैन रे | र म प्रेम गर्न जान्दा पनि जान्दिन |
फोन मा टु-टु टु आवाज आयो | फोन नै कटेछ | म सोची रहे | फोन प्रयास गर्दै गएँ | न फोन लाग्यो न सोच सकियो | म हेरी रहेँ त्यो भित्ताको पहाड को कुना बाट क्षितिज संगै सुर्य उदाएको मनमोहक तस्बिर लाइ .................
kumaryati@gmail.com
-कुमार यात्री

No comments:
Post a Comment