"मान्छे ,एकदिन"

बाचुन्जेल तेरो-मेरो भनि लड़दो रैछ |
के रैछ र मान्छे ,एकदिन मर्दो रैछ |

जवान हुन पलपल,उमेर बढ्दै जाँदा
उमेर बढ्ने आडमा, आयु घट्दो रैछ |

जिउदो हुँदा हरपल,आगै खेले पनि
मरे आगो भित्र ,जीवन डढ्दो रैछ |

मरी लानु केहि छैन,थाहा हुँदा पनि
धनकै लोभमा गलत,पाइला बढ्दो रैछ |

दुख पाए पनि,पाप गरे पनि
घाम डुब्दा बाच्ने, आशा बढ्दो रैछ |

No comments:

Post a Comment