"आहा ! कति सम्म शिक्षित ???"

सिमसिम पानी को मौसम मा
रातोमाटे बाटो
गढी झैँ उकालो
सुटेड-बुटेड एउटा मान्छे
चिलित्त चिप्लियो अनि लड्यो
लगत्तै भन्यो छि...छि...छि...
उसको कोट मा दाग लाग्यो रे ?
त्यो कोट उसको
स्वाभिमान
इज्जत
प्रतिष्ठा
मान-सम्मान सबै हो रे
माटो लाइ गाली दियो
बाटो लाइ गाली दियो
उसले सबै भुल्यो
पाठशाला डोहोर्याउने यो बाटो
म भनेर चिनाउने यो बाटो
बच्चा देखि आज सम्म
उसका हरेक भोकहरु मेटाउदै आयो
अनि बास दियो यहि माटो ले
खाँदा घिन लागेन यहि माटो
तर शरीर को टालो मा
एक छिट्टा पोतिदा
टिका कै बेईजत्ति गरिनु
कहाँ सम्म को महानता हो त ?
यी शिक्षित मान्छे हरु ......
आहा ! कति सम्म शिक्षित ???

No comments:

Post a Comment