भाग्य छ भन्दैमा भर परेर कहा हुन्छ र ?
डोको भित्र दुध हजुर भरेर कहा हुन्छर ?
आफ्नै ले आफ्ना लाइ पराइ सोचे पछी
दुनिया को लागि हजुर मरेर कहा हुन्छर ?
सहयोग लाइ पनि यहाँ,स्वार्थ सम्झे पछी
स्वार्थी लाइ सेवा हजुर गरेर कहा हुन्छर ?
शान्तिको पाठ पढ़ाउदानि अशान्ति सोच्ने लाइ
बुद्ध ज्ञानको ज्योति हजुर छरेर कहा हुन्छर ?
आफै लाई निमोठी फुल्न खोज्ने लाइ
मलिलो बनाउन हजुर झरेर कहा हुन्छर ?
कुमार श्रेष्ठ {यात्री}
kumaryatri@gmail.com
No comments:
Post a Comment