हाम्रा नेता बुढा भए,हे युवा जाग अब |
सबथोक त्यागी संबिधान बनाउन लाग अब |
देश हाम्रो-सबको व्यथा,दुख-चोट हाम्रो
यो तेरो र यो मेरो नलगाऔ भाग अब |
काम गर्ने भन्दा यहाँ कुरा गर्ने ठुला भए
त्यहिँ भएर नाम काड्ने चाहिदैन काग अब |
देशमा सुख-शान्ति अनि अमन-चयन गरि
नया संबिधान को छरौ राग अब |
कति हेर्नु खाली सिउदो आमा-चेलीहरुको
अशान्ति को संघार लाइ सबले नाग अब |
सुन्दर-शान्त नेपाल लाइ नलगाऔ दाग अब ||
-कुमार श्रेष्ठ
kumaryatri@gmail.com
No comments:
Post a Comment