अहो बाटुली !!

"अहो बाटुली !!"

अहो बाटुली !!
किन उफ्रिन्छौ नया साल आयो भनेर ?
यहाँ त सबै पुरानै छन्
किन मनाउछौ नया बर्ष
नया उमंग बोकेर
अनि नया सपना बोकेर

अहो बाटुली !!
किन उफ्रिन्छौ  नया विचार  आयो भनेर ?
यो संसार उही पुरानो
यहाँ को सोच उही पुरानो
तिमि आफै लाइ हेर त ......
तिमि पनि पुरानै न हौ

अहो बाटुली !!

किन उफ्रिन्छौ गणतन्त्र  आयो भनेर ?
यहाको राज्य सत्ता राणाकाल भन्दा कम छैन
टलक्क धारे तरबार राज नेता यहाँ
तर उही पुरानै रिति
अनि अर्धक विचार का साथ

अहो बाटुली !!
किन उफ्रिन्छौ बिधालय खुलोस  भनेर ?
तिमि नेता बन्ने सपना पुरा गर्न
नया स्कुल जानु पर्दैन रे अब
उहीं जाऊ सबै जाने ठाउ मा
आलस्य केन्द्र-संबिधान सभा

अहो बाटुली !!
किन उफ्रिन्छौ  स्वन्त्रता   आयो भनेर ?
स्वतन्त्रता को नाम मा अर्धनग्न हुन्छौ
चेली को लाज कसरि हेर्छन माइतीले ?
दुनिया हासँलान खिल्ली उडाएर
अहो ढुंगे युग नै होकी भनेर
अहो बाटुली !!
किन उफ्रिन्छौ देश नै   नया आयो भनेर ?
कुमार यात्री
kumaryatri@gmail.com

No comments:

Post a Comment