"नानु ....... i am sorry."
"किन नि ? आज के भयो नि फेरी यति राति ? अर्को कुरा sorry आफ्ना संग मागीदैन नि | "
"भोलि मेरो meeting पर्यो यार" उन ले फोन नै काटी, बास्तव मा उन को नाम नानु थिएन म मायाले भन्थे उनलाई | मैले फेरी प्रयास गरे अर्को पटक | फोन उठेन नेपाल टेलिकम कराउन थाल्यो | उनको र मेरो भोलि कुमारी सिनेमा जाने प्लान थियो | मैले पटक-पटक प्रयास गरे, फोन उठ्यो |
"के भयो नि फेरी हजुरलाई ? anything to say ?"
"धेरै छ नी नानु भन्नु पर्ने त | तर........."
"तर के नि ?" उनले बिचैमा बोलिन |
"आफ्नो मन नै आफ्नो नरहे पछी अनि मन र मुटु झडपमा परेपछी म के भनु ?" म थोरै भाबुक भएँ |
"भो भो कुरा बनाउनु पर्दैन " उनको रिस अलि कम भए जस्तो लाग्यो |
"किन फोन काटेको नि ? "
"किन कुरा गर्नु त अनि ? कहिल्यै फुर्सद नहुने संग |"
"बिहान नभ्याए के भो त ? राति जाउला नि हुन्न ?"
"भै हाल्छ नि किन नहुनु | बिबाह भन्दा अगाडी नै अर्का कि छोरी लाई राति घुमाउन लाने आँट त हेर न | घर बाट जान दिनु परेन | थाहा पाए भोलि बिहान त कुन्नि ?"
"दिउसो नि ? " मैले बिस्तारै बोले |
"सायद...... खै के हुन्छ, i will try."
"के गरौँ त सलिना काम छाडौं, अरु कुनै बाटो छैन | काम गरु तिमि टाढा हुन्छौ | के तिमि संग संगै बसेर प्रेम नगरी मा डुब्न मलाई मन थिएन होला र ? के मेरो मन चाँही मन हैन र ? न आमा न बाबा, को थियो र यो संसारमा मेरो, सानै मा छाडेर जानु भयो बाबा आमाले | पुस माघको ठण्डी मा पनि म अबोध बालक साहुको गाली अनि दुस्मनको ताली संगै संघर्ष गर्दै आज यहाँ छु | मेरो बाबाको सपना अधुरै छाडौं त ? आमा त कस्ती हुनुहुन्थ्यो ? थाहा पनि छैन | गाउँमा उपचारको कमीले अनि गरिबीले गर्दा दुधे बालक लाइ पानि पिएर जिउन बाध्य बनाउनु भो | संसार बाटै आमा नामको छायाँ उजाडियो म बाट, मरेको आमाको लाम्टा चुस्दै रोइरहे रे म | बाबाले पनि छोराको भबिष्य बनाउछु भनि यो बिरानो सहरमा लिएर आउनु भो | दैब को लिला न हो कसलाई के थाहा र ? कहिले के हुन्छ भनेर | दैबले पनि मलाई पूर्ण रुपले टुहुरो नै बनाइ दियो | प्रहरी र विद्रोहीको झडपमा पर्नु भयो रे | मरे पछी उहाँलाई देश द्रोहिको धब्बा लगाइयो | गरिब भए पनि इज्जत बेच्ने बानि हुदैन गरिब को | शहीद हुनु पर्ने मेरो बाबा मरे पछी देश द्रोही भए | " म सुँक्क सुँक्क गर्न थालें .....
"please saleen ..... mind नगर न ल ! "
"तिमि संग किन रिसाउनु नानु | मलाई त जिन्दगीले नै आँशुको भण्डार दिई सक्यो | तिमि संग भेटे पछी अलि आफ्नोपन को महशुस गरें | थोरै बाच्ने आशा पलायो | नत्र म मरी सकेको हुन्थे होला अहिले सम्म त | "
"तिमि चाहिने भन्दा बढी बोल्दै छौ नि सलिन ...." उनि अलि रिसाए झैं बोलिन |
"के भनेर मैले त्यस्तो ?"
"सबै कुरा गर तर मर्ने कुरा भने please कहिल्यै नगर ल ! म तिमि भन्दा अगाडी नै तिम्रै काख लाई सिरानी बनाइ स्वर्ग स्पर्स गर्न चाहन्छु |"
"ओइ.."
"हजुर.."
"मलाई चाहीं मर्ने कुरा नगर्नु भन्ने अनि आफू चाहिं......"
"i am sorry" उनि बिचै म बोलिन |
"आफ्ना संग sorry मगीदैन भन्ने ले आज किन नि ? "
"oh.. one mistake, एक-एक तिम्रो र मेरो |"
"ok done "
"नसुत्ने आज ? "
"सुत्ने र ? के थाहा जिन्दगि न हो | पाएको मौका किन गुमाउने | भोलि के हुन्छ के | न तिमि मलाई छाडेर कतै ...." उनले मेरो कुरा काटिन बिचैमा
"तिमि सोच्न त सक्छौ है यस्तो कुरा के तिमि लाई म माथि बिश्वास छैन र ?"
"तिमि माथि त बिश्वास लाग्छ नानु तर समाज संग खै पटक्कै बिश्वास लाग्दैन | मलाई राम्रो संग थाहा छ तिम्रो घरबाट मन्जुरी आउने छैन म संग जीवन काट्न | अनि तिमिबाट मन्जुरी आउने छैन भागेर जान | तिमि आफ्नो परिवारको इज्जतमा दाग लाग्न नदिने मान्छे | छोरी एउटा गरिब संग गयो भने नाक काटिन्छ रे आमा बाबाको | त्यस माथि हाम्रो समाज को जात ..... के के संग लड्छौ तिमि ? बाबा-आमा को लागि आफ्नो ज्यान दिने तिमि .... "
"सलिन भैगो good night…… i love you."
"same to you सलीना……. i love you too."
मनका कुरा हरु किन यति सजिलै सेलाउथें | मनमै मडारिन थाले अनेक शब्द-शब्द गाँसिए अनि आफै टुटे | सोच्दा सोच्दै भुसुक्कै निदाएछु | बिहानी को मिर्मिरे उज्यालो लगत्तै सुर्य ले आफ्नो किरण छर्न थाल्यो |
"ए सलिन .."
" के भो यार, यति बिहानै आइछ्स त ?"
"आज बिहानै जानु परेन मिटिंग मा ?"
"हो यार ल ल | एक छिन है त ?"
"ए साँच्चै एउटा कुरा यार "
"के नि "
"saleena is getting marrige"
"are you joking???"
"no yar, साह्रै निस्ठुरी निम्तो पनि दिइन |"म मोटर साइकल लिएर उतै लागें | उनि सिउदो भरि सिन्दुर रंगाएर चिल्ला मोटरमा पाइला राख्नै लागेको देखें | म न रुन सकेन न कराउन | म हेरी रहे लाचार भइ | मोटरको पांग्रा गुडे संगै म मुर्छा परेर लडें |
"सलिन.....ए सलिन... के भो हँ ? ए लौन मद्दत गर्नुस हस्पिटल लानु पर्यो | ल ल ठिक भएछ | किन खित्का छोडेर हाँसेको नि | ल फेरी किन रोएको नि | ल यो त चिच्याउदै पो हिड्छ यार |
"ओइ तैंले सलिना लाई देखिस ? देख्दैनस!!!उनि त मेरो मुटुमा- धड्कन मा छे | यहाँ मैले थुनेर राखेको छु | कहिले हाँस्दै त कहिले रुँदै उ बखानी रह्यो | न सलिन को पागल पर्खाई सकियो न त सलिना नै फर्केर आइन.........................
-कुमार यात्री

No comments:
Post a Comment