रहर की बाध्यता

स्मसान मै घर-जम गर्ने रहर लिएँ मैले |
तिम्रो चोखो माया  ठानी जहर पिएँ मैले |
 
के पाउछु र तिम्रो याद मा आँशु जमाएर
हर् दिन आँशु बहाउन नहर लिएँ मैले |
 
तिम्रो जीवन निर्बाह मा मेरो दखल हटाउन
बाध्यता र बिबशताको शहर लिएँ मैले |
 
मरे मैले के पाउछु र बाँचे तिमीलाई देख्छु
मर्न भन्दा बौलाउन ठहर लिएँ मैले |
 
तिम्रो पछी हर्षोल्लास अनि ताती जन्ती हुँदा
स्वार्थी बनि मलामी को लहर  लिएँ  मैले |

No comments:

Post a Comment