तिमीले टेके पछी,शहर बिटुलो भो |
तिमीले छेके पछि रहर बिटुलो भो ||
संसारले खेल्ने,अनि प्यास मेट्ने
तिमीले देखे पछी नहर बिटुलो भो |
एकान्त को कल्प-कल्प मुटु पोल्छ भनि
तिमीले लेखे पछी प्रहर बिटुलो भो |
जेन-तेन बिछोड पछी संगाले का खुसि का ति
पुन: भेटे पछी लहर बिटुलो भो |
यात्री लाई मनको कुना,कन्दरा भित्र बाट
तिमीले मेटे पछी जहर बिटुलो भो ||
No comments:
Post a Comment