“ठेकी भित्र थुनिएको”


बिर्सेको छैन तिमीलाई मैले तिमीलाई नै सम्झी रोइ रहेछु |
तिम्रो मन अझै संग्लियोस भनि आँशु ले मन धोई रहेछु ||
  
तिमि त मेरो  प्राण भन्दा प्यारो ,दिल को धड्कन आँखा को नानी
के थाहा र तिम्रो सोच मलाई,म आफ्नो नभई कोहि रहेछु |
  
संसार लुट्ने साहसी यो मन,दुनिया भुलाउने खुसि का लहर
तिम्रै कारण ले पलपल ,दुनिया भित्रै खोइ रहेछु |
  
नत मर्न सक्ने संसार भुली,नत बाच्न सक्ने दुख झेली
बाध्यता को चेप मा चेपिएको लाचार-विवस जोइ रहेछु |
  
अरु लाई उज्यालो दिंदा पनि आफै नासिने मैन भएछु
तिमीलाई प्यास बुझाउने ठेकी भित्र थुनिएको मोही रहेछु |

No comments:

Post a Comment