तिम्रो बाटो सजाउन फुल बनि दिउकी ?
तिम्रो साथ-साथै हिड्न हुल बनिदिउकी ?
बेहोसी मा साथ हुन्छौ,होस् मा आउदा तिमि हुन्नौ
ढाकि राख्न तिमीलाई झुल बनि दिउकी ?
तिमि वारी रहिदिन्छौ म त सधै पारी-पारी
दुइ मुटु को मिलन गर्न पुल बनि दिउकी ?
सबै भन्छन हाम्रो मिलन हुन्न होसमा रहुन्जेल
तिमि भन होश तोडी भुल बनिदिउकी ?
दुइ किनारा होरे हामी तिमि कता म चाही कता
एकै पार्न खहरेको मूल बनि दिउकी ?
No comments:
Post a Comment