स्वागत छ नया बर्ष तिमीलाई,नया बहार लिएर आऊ |
अरु केहि हैन नेपाली लाई शान्ति उपहार लिएर आऊ |
भोकै पेट मडारिएका अनि ,बिस्थापित हरु लाई
जसो तसो धान्न सक्ने नया घरबार लिएर आऊ |
भाइ-भाइ मा लडी आफ्ना-आफ्नै मार्ने हरु लाई
भाई-चारा र मिलनसार को उपचार लिएर आऊ |
कुनै उपाए नभए तिमि संग देश बनाउन भनि
मत भन्छु बरु २०११ कोतपर्व नै लिएर आऊ
जाने बेला अझै बिनम्र अनुरोध २०१० तिमीलाई
नेपाल लाइ सदाबहार शान्ति र संबिधान दिएर जाऊ |
No comments:
Post a Comment