nepal flag
समस्या जहाँ-को तेही छ | सुनेको थे गणतन्त्र आयो | अब त देश को स्वरूप नै फेरिने कुरा मा कसै को द्विमत थिएन - बेरोजगारी ले रोजगारी त भोकमरी लाई भात ! निर्धक्क थिए सबै आफ्ना-आयु होउन्जेल बच्ने कुरा मा ! तर यहाँ सबै कुरा खराब भैरहेछ | दिनानु-दिन जनता ले सुरक्षा को कमि को महशुस गरिरहेछन | आफ्ना घर पनि सुरक्षित छैन आज नेपालीको लागि | संबिधान को "सं" पनि बन्न सकेको छैन मुलुकमा,बिधान को त कुरै छाडौ | गणतन्त्र आइकन पनि बिदेशिनु पर्ने मध्ये एक म पनि हु | यहाँ सबै कुरा बदलिदै छ | शान्ति अशान्ति मा,भाई-भाई सत्रु मा,अनि मुलुक महा-संग्राम मा | अनि अर्को परिवर्तन को कुरा पनि सुने कान्तिपुर टेलिभिजन मा | झन्डा परिवर्तन को |

के माओबादी ले अब यस्तो झन्डा त चाहेको हैन ? माथि हसिया हथौडा अनि तल सुर्य अनि तारा | गोगल मा झन्डा सर्च गर्दा यहि भेटे | हेरिरहे | संबिधान बनाउन छाडेर माओबादी किन नचाहिने परिवर्तन तिर लाग्छन |अनि देश का अरु नेता हरु भने के गर्छन त ?थपेको समय पनि आफ्नो लक्ष्य पुरा हुने कुरा मा निर्धक्क छ | तर हाम्रा नेता संबिधान बनाउने कुरा भने किन गर्दैनन् ?
अब कुरा विश्लेषण .............
खोज्दा भेटेको झन्डा को .......
सर्ब प्रथम धन्यवाद झण्डाको डिजाइन् गर्ने साथीलाई ||| बाहिरी किनारा को विश्लेषण मा नजाऊ जस्तो लाग्यो | कुरा भित्रै बाट-
यस कारण ले झन्डा भित्र का कुरा आवस्यक होलान :-
हसिया हथौडा :
१.हसिया : नेपाल कृषि प्रधान देश हो | त्यसै ले सबै जनता ले घास काट्न अवस्य सिक्नु पर्छ | नत्र जनता ले घास नकाटे गाई-भैसी पालिदैन अनि मल जल को सुबिधा हुदैन | रासायनिक मल सरकारले उपलब्ध गराउन नसके पछी उत्पादन मा ह्रास आउछ अनि नेता हरु भोकै हुन सक्नेछन |
2.हथौडा : जनता लाई कहिले पनि सुबिधा दिने कुरा मा अघि बढ्नु हुदैन | उनि हरु लाई अनपढ बनाई युद्ध मा होम्न मुंग्रे बुद्धि को बनाउन पर्छ, नत्र देश को जना संख्या घटाउने अर्को उपाय ल्याउनु पर्ने हुन्छ | अर्को उपाय ल्याउदा नेपाल सरकार को बजेट मा कमि आउछ अनि देश क सेवा गर्ने हामी जस्ता नेता को पेट खालि हुनेछ |
3.सुर्य : देश मा बिजुलीको उत्पादन गर्ने बजेट छैन | अनि भएको बजेट देश का सेवक लाई सेवा गरे बापत दिनुपर्ने हुदा सबै ठाउँ मा बिजुली को सेवा दिन सकिएको छैन | अनि दिएको ठाउँ मा पनि बिजुली को कमि ले अनि देश मा जलश्रोत को कमि ले गर्दा घन्टौ बिजुली जान्छ त्यसै ले सुर्य बाट नै जिबिको पार्जन गर्नु उचित देखिन्छ |
४ ४..तारा हरु : नेपाल को गणतन्त्र भित्र ४ जना को मात्र कुरा सुनिनेछ |अनि कुनै अरु कुनै पार्टी पनि हुने छैनन् | जिल्ला मा जिल्ला प्रमुख को,अंचल मा अन्चालादेश को,केन्द्र मा प्रधान मन्त्रि को अनि शुझाब राष्ट्रपति को | यिनी हरु बाहेक अरु सबै ले सामान्य जीवन बिताउने छन् | जनता ले कहिल्यै पनि आफु खुसि केहिगर्न पाउने छैन |
५.खरानी रंग :- देश लाई द्वन्द काल देखि आज सम्म विभिन्न पद्धति ले जालाउदै आउदा आज देश को अस्थित्व डढेर खरानी सरि भएको छ | त्यसले हामी हाम्रो इतिहास लाई मर्न दिन चाहदैनौ |
६. कालो रंग :- हामी यो देश विकाश को लागि कालो मसाल लिएर आएका छौ | हामी यहि मसाल का साथ कालो मुटु लिएर भ्रष्टचार को नीति लाई अझ राम्रो बनाउने छौ ताकि कोहि पनि उच्च पद का व्यक्ति लाई खाजा लेन-देन मा अवरोध नआओस |
७.किनारको रंग : ..यो हाम्रो छिमेकी को स्मरण को लागि हो | जसले हामीलाई बाबें सर्दा देखि डोहोर्याएर यहाँ सम्म ल्याई दिनु भो | उहा हरु हाम्रो अन्नदाता अनि सुरक्षाको खानी हुनुहुन्छ | त्यसैले उहा हरुको दयारा भित्र रहनु हाम्रो कर्तब्य हो |र यहि नै उचित पनि छ |
.......जय माओबादी
No comments:
Post a Comment