लौ हो दोभान आइ पुग्यो | म झसंग भए | निदाएको रहेछु |खलासी भाई मेरो माथि को झोला झारिदिनु त !! आफ्नो झोला बोकेर म होटल तर्फ लागे | काठमाडौँ देखि को लामो यात्रा अनि कच्ची बाटो, म थकित थिए | नजिकै मानिस को अन्तिम सस्कार गर्ने थलो भनौ या आर्य घाट थियो खोला-कोशी को दोभान मा |त्यो खोला जहाँ मैले बालक-काल उसैको काख मा बिताएको थिए |तर पनि तामाकोशी को छाल मिश्रित हावा ले मलाई कता-कता फुर्तिलो बनाई रहेको थियो |साहुनी नास्ता के छ नि ? दाई नास्ता केहि छैन | सबै सकियो |जाँड खाने भए बनाई दिन्छु क्यारे ?एक जवानी ले मत्ता युवती ले मुस्कुरौदै भनि |उनको हेराई,बोलाई सबै खै के बर्णन गरौ र ?भैगो त्यो हो भने नखाउ होला | मलाई बहिनि भन्न कता-कता मनै लागेन |उमेर ले त बहिनि नै होलि तर फ्लिम मा सुनेको थे "हिरोइन ले गुन्डा लाई तेरो घर मा दिदि-बहिनि छैन भन्दा गुन्डा ले सबैलाई दिदि-बहिनि बनाए हामी चाही कुमार नै बस्नु भनेको !
"दाजु को घर कहाँ हो नि ? उनले अझै मुस्कुराउँदै सोधी |”
उ माथि हाई-स्कुल को छेउ मा |{मैले बर्णन गर्न नै चाहिन | के फाइदा बर्णन गरेर मलाई चिन्ने हैन क्यार | खान केहि मिल्ने हैन त्यो सुकेको चाउ-चाउ कति खानु | यहि कोशी को हावा सेचन गरेर बाटो लाग्नु पर्ने न हो |म मन-मनै भन्दै थिए |} भित्र बाट अधबैसे मान्छे ले को हो हँ भन्दै थियो | म केहि नबोले पछी उ आफै बाहिर आयो |मलाई कता कता मुटु भित्र रिस ले पोलिरहेको थियो |साला पैसा !!सबै थोक पैसा भन्थे -आज गोजी भरि पैसा भएर पनि कंगाल सरि भोकै |यो गाउँ न हो ....मलाई आफ्नै पाखा-पखेरा देखि घृणा लागेर आयो |
अहो बाबु पो ..?अघि नै म हो काका भन्नु पर्दैन |
तपाई मलाई कसरि चिन्नु हुन्छ नि ?
ल बाबु पनि तपाई उही सरकारी जागिरेको छोरो हैन ? उही के के भन्छन अ: सदर मुकाम ना तपाई कै बाबा हैन ?
हो....{मेरा बाबु गाउँ का एक्ला सरकारी जागिरे थिए रे पैले |म जन्मे पछी झनै राम्रो भाको थियो रे ?उहा साह्रै मिजासिलो अनि सहयोगी पनि | चिनेको मान्छे जसलाई भेटे पनि बोलाएर हिड्नु हुन्छ रे |तर म भने बाबा संग खासै यात्रा नगरेको मान्छे | मलाई प्रष्ठ याद छ | म त्यस्तै ४-५ बर्ष को थिए | ममी को शरीर को उपचार गराउन भनेर बाबा ले हामी सबै लाई बारा-कलैया लिएर जादै हुनु-हुन्थ्यो |सिन्धुली सम्म हिडेर नै यात्रा गर्नु पर्ने बाध्यता नै थियो | कोशी को किनारै किनार अनि मेरा साना गोडा साह्रै पोल्थे | बेनीको धमिलो पनि संगै ताजा माछा को स्वाद लिएर जादा-जाँदै सिन्धुली गढी को उकालो मा म रोएको |आमा को मन न हो आफै बिरामी हुँदा पनि सन्तान को लागि भुलेर केहि क्षण मलाई आफ्नो पिठ्यु मा बोकेर जाँदै गर्दा बाबा को नजर परेछ |अनि मलाई गाली गर्नु भाको थियो ममी को समस्या दर्शाएर |त्यहिँ पल देखि म उहा संग यात्रा गर्न डराउथें |
ल-ल बाबु लाई खाना दे त !! ए छोरी ...त्यो भाडा को भात तिउन तताएर दादा लाई दे त .....
{बाबा को नाम ले आज खाना पनि खाइयो |} अनि काका कति भयो नि ? साह्रै मिठो भोजन गराउनु भो |
के बाबु पनि ?तपाई को बाबु जस्तो सहयोगी मान्छे को छोरा संग पनि पैसा लिने ?तोबा-तोबा भगवान ले पनि सराप्लान म दङ्ग भए यी मान्छे हरु देखेर |अहो कस्तो गुण नभुलेका ? बाबा ले गरेको गुण छोरा लाई पनि काम लाग्ने |सहर मा पानी खान पनि २० रुपैया तिर्नु पर्छ |दशैं को रमझम-आज फूलपाती,म जसरि भए पनि घरपुग्नै र्ने थियो |मेरा आमा बाबा पर्खिरहेका होलान |काका अब लग्नु पर्रो क्यार ?
बाबु रात पर्न लग्यो |आज यतै बसेर भोलि बिहानै कुखुरा को भाले बास्दा-नबास्दै जादा हुन्छा नि |जुन पनि एकै छिन त लाग्छ | आज यतै बसौ न हुन्नर ?
हैन काका !! आज म घर पुग्नै पर्छ |ति आमा- बाबा को आँखा मा आँशु आउन दिनु राम्रो हो र काका ? उहा हरु छोरो कहिले आउला भनेर मूल बाटो मा एक टंकर ले चिहाई रहनु भएको होला |म सहरिएपछी को यो पहिलो छुट्टी हो |त्यसै ले मा चाहन्न काका यहाँ बस्न |
अहो बाबु सही-राम्रो विचार | आखिर त्यस्ता बाबु का छोरा न पर्यौ हैन ?
हजुर काका || {आज म हरपल उही बाबा को नाम बेची रहेछु |मलाई पनि कता कता त्यस्तै जागिरको लोभ लागिरहेको थियो | तर जागिर त चिन्ने बहाना रे ! हाम्रा बाबा साच्चै राम्रा मान्छे रे !उ थप्दै थियो-म सुनी रहेको थिए |}
अनि काका लाईट पाईदैन यता ?
पाउन त पाइन्छ्नी बाबु तर जंगल को बाटो लाईट भन्दा सिसि मा मट्टीतेल हालेर लाँदा राम्रो |म संग त मट्टीतेल छैन उ त्यो टायल लगाएको घर मा होला मा मागेर ल्याई दिन्छु |
“हैन काका म आफै ल्याउला नि ? संगै-संगै थियो घर |घर मा को हुनु-हुन्छ हँ ? मैले बोलाउन चाहे त्यो घरमुली लाई |”
को हँ ? {कोहि केटि मान्छे को आवाज आयो म मौन रहेँ |
उही क्या काभ्रेको सर.........{काका ले पर बाट पुरै नभन्दै }
ए पख्नु है त ! अनि बाबु रात पर्न लाग्यो त ? के-कति काम ले हो कुन्नि ?
मट्टीतेल चाहिएर काकी घर जान को लागि |
ह्या बाबु पनि म काकी हो त ? तपाई को बाबा ले त मलाई छोरा-बुहारी भन्नु हुन्छ |
ए भाउजु पो ! माफ गर्नु है त भाउजु |{पर अर्को महिला पनि देखे | आदर गरौ कि झैँ लाग्यो } नमस्ते भाउजु |
सबै हाँसे |
म भाउजु हो त ?काकी हो नि |
म आज केहि सोच्न नसक्ने भै रहेछु |आज म आफ्नै बाबा को नाम बेचेर काम चलाइराहेछु | त्यहाँ को सानो कुरा-कानी पछी म राँको बनाएर बाटो लग्न थाले |अलि-अलि उज्यालै भएको ले बाली हाल्न उचित ठानिन | त्यसै ले आफ्नो बाटो लागें |
साझ को झिस-मिस भै सकेको थियो |झ्याउकिरि आफ्नै ताल मा सुमधुर रौनक छर्दै थिए |उनि हरु अझै रमक्क बनाउने क्रम मा थिए साझ लाई | जंगल को बीच बाट रहेको बाटो लाई आफ्नो लक्ष्य सम्झेर म आफ्नो पाइला अघि बढाई रहेको थे |मन मा थोरै डर अनि मुटु मा आमा बाबा को माया लिएर लागि रहे |उकालो बाटो अनि हतार-हतार धपेडी ले गर्दा साह्रै प्यास लग्यो |पर घर मा सानो टुकी को उज्यालो देखे-धिप-धिप |उतै लागे |
घर मा को हुनुहुन्छ ? पानी खान पाइन्छ होला ?मैले सुस्तरी भने |कोहि बोलेको आवाज सुनेथे भित्र त्यसैले सानो स्वर मा बोलेको थें |अनि रात को पल चिच्याउन पनि मनासिब ठानिन |
को हो हँ ? "बुढी मान्छे जस्तै लाग्यो |"
आमा म माथि काभ्रे को |
को त्यहिँ सरकारी जागिरे को छोरो ?
अ : आमा त्यहिँ हो |मैले फेरी एक लोटा पानी आफ्नो बाबा को नाम बेचेर पिएँ |वास्तब मा म कति गरिब रहेछु |यी मेरा गोजी का पैसा नभएर पतिन्गर भैरहेछ आज |यी पैसा ले आज न भोक लाई भात दियो न प्यास लाई पानी || सबै बयान गर्छन पैसा को अनि भाग्छन यसै को पछी-पछी |आफ्ना सारा सपना अनि खुसि लाई तोडेर |
ए नानी अनि तिमि कोहि पाए घर जाने थिए भनेको हैन | उ उही संग जाउ |
तर आमा ............. | उनि थोरै अन्कनाइन्, जवानीले भरिपुर्ण केटि मान्छे, अनि म पनि किशोरावस्थाको मध्यमता भित्र पौडीरहेको | अन्कनाउनु त स्वाभाविकै नै हो | वास्तबमा म पनि उस्तै थिंए केटि मान्छे संग नजिकिनु को लागि कला र संग्रह को भण्डार नै थियो म माथि | म जस्तै लाई पनि आफु तिर आकर्षित गर्न सफल थिंए आज सम्म | म उनि माथि पनि गिद्दे नजर त लगाउदै थिंए | उनको हर सब्द सब्द अनि हर लफज हरु मलाई जिस्काई रहे झैँ लाग्थ्यो | उनि संग को भबिस्य नै कल्पना गर्न लागे म |
नानी डराउनु पर्दैन उहाँ कोहि पराइ होइन सबै ले चिनेको मान्छे को छोरा हो | आज तिमीलाई घर पुर्याउन भगवान ले नै पठाएको सम्झ | साह्रै सहयोगी खान्दानको मान्छे हुन् उनि |
केहि क्षण को गन्थन पछी म र उनि आफ्नो बाटो तताउन थाल्यौ | फेरी जंगल नै आयो उनि अलि पर-पर हिड़थिन | अनि केहि सोध्दा पनि पर बाट बोल्थिन | उनि माओबादी को लडाकु रहिछिन | धेरै बेर को कुराकानी पछी उनले बताईन | माओबादी सबैलाई युद्दमा होम्न चाहन्छन | उनीहरु सबैले बन्दुक उठाउनु पर्छ भन्छन | के क्रान्ति यसरि हुन्छ त किसान ले खेति गर्न छाडे कसले खान दिन्छ ? शिक्षकले शिक्षा दिन छाडे बच्चा ले क-ख कसरी सिक्छन ? यदि सबै बन्दुक कै भर मा युद्द गर्ने खोज्दा युद्द कहिले सकिने थ्यो र ? आजकल त आमाको पेटको बच्चा पनि युद्द गर्छ क्यार ? पहिले पहिले गाउँघर मै जन्म लिन्थे आजकल अस्पताल नपुर्याए खतरा !
ऐया ! उनि कराइन् | म झसङ्ग भए च्याप्प समाते अनि उठाए | मलाई कता कता आत्मग्लानी भएर छायो | मैले उसलाई उठाउनै पर्ने थिएन कि जस्तो लाग्यो | फेरी झस्किए अहो ! कतै मैले मेरो बाबा को नाममा दाग लाग्ने काम त गरिन | मैले मेरो सबै कु-कर्म लाई आफ्नो अगाडी ल्याएँ | मलाई आफै देखि कता कता घृणा हुन थाल्यो | अनि मैले झट्ट भने I AM SORRY.
उनि टोलाएर हेर्न थाली अनि सोधी किन नि ? तपाई को मतलब ?
मैले फेरी भने I AM SORRY.
तपाई किन SORRY भन्दै हुनुहुन्छ नि ?
पहिले कुरा त मैले तपाई लाई यो बत्ति दिएको भए लड्नु नै हुन्न थियो दोश्रो कुरा मैले शरीर छोएर उठाउनु हुदैन थियो, त्यसै ले नि | उनि मुस्कुराइन् अनि IT'S OK भनिन | केहि क्षण हिडे पछी हामी उनको घर नजिकै पुग्यौं | एही हो मेरो घर | आमा....... उनि चिच्याइन
म जाऊ क्यारे ! मैले सुस्तरी भनें |
हैन पनि पिएर जानुहोस न | भित्रै बस्नुस |
नानी को हो ? भित्र बाट आवाज आउछ |
काभ्रेको आमा उही के .......... सरकारी जागिरेको छोरो !!!!!
ए भित्रै बोल न त ……..
हैन भैगो | आज म जान्छु पछी पछी भेटौला नि | अनि पछी नै बसौंला | बाबुलाई एक गिलास दहि देन धपेडी भा'को बेला शितल हुन्छ |
घाटी पनि सुकी रहेको थियो | पानि माग्न पनि कता कता संकोच लाग्थ्यो |
अनि त्यहाँ पनि एक ग्लास दहि भनौ या बाबाको नामले घटी भिजाई छाती ठण्डा परे | आज प्रत्यक्ष खाएँ-अगाएँ-पिएँ अनि छाती रसाएँ जे गरे सबै त्यहिँ एक महान शब्द ले - " बाबाको नाम "
खै आफ्नो नामले बाबालाई खुवाउने दिन कहिले आउला र ???????
-कुमार यात्री
No comments:
Post a Comment