तिमि माया गर्छौ थाहा छ मलाई,तर पनि भाग भन्दिन म |
बा-आमा को सामु पछ्यौरी फिजाई,मलाई नै माग भन्दिन म |
मेरो चाहा भन्दा धेरै धेरै , तिम्रा आमा बाको रोजाई भए
तिमीलाई चोट-पटक दिने कहिल्यै राग बन्दिन म |
म संग भन्दा तिमि अरु संग,हाँसी-खुसि बस्न सक्छौ भने
तिम्रो खुसि पुर्ने स्वार्थ ले पूर्ण खाडल कहिल्यै खन्दीन म |
तिमि त्यस्ती फुल हौ मेरी ,मेरै मन मा मात्र फुलेकी
तिम्रो लागि जुनी-जुनी कुरी दिन्छु ,तर दिन कहिल्यै गन्दीन म |
मलाई भुल्ने सामर्थ्य भए ,सोधे मलाई उसको बारेमा
तर पनि पराईको सिन्दुरले,सिउदो सजाउ भन्दिन म
No comments:
Post a Comment