हे कलम भो नलेख धेरै
यहाँ त सबै थोक मा .....
प्रतिबन्ध लाग्छ ...
तिम्रा ति साथी
कागज लाई पनि
दण्ड दिन सक्छन ||
सधै लेख्छौ महानता का कुरा
बटुली रहन्छौ छरिएका ज्ञान
तर पनि मान्यता छैन तिम्रो
तिमीलाई पनि दण्ड हुन सक्छ ||
भैगो छाडी देउ काला हरु को चिरफार
आखिर के पाउछौ र तिमीले
उनीहरु को घेरा मा पर्यौ भने
तिम्रो तोडफोड हुन सक्छ
अनि तिमीलाई पनि दण्ड हुन सक्छ ||
तिमि त सधै सत्य लेख्छौ
तर सत्य तितो हुन्छ
त्यसैले तिमि चुप बस
तिम्रो त के कुरा
यहाँ आमा को पेट भित्र
आफ्नो छुट्टै संसारमा
राज गर्ने ति अपूर्ण
शिशु लाई पनि दण्ड हुन सक्छ ||
यहाको गणतन्त्र तिम्रो लागि हैन कलम..
यो त तरबार को लागि हो..
अनि बन्दुक को लागि हो ....
काट्न देउ कति काट्छन्
भुट्न देउ कति भूट्छन्
आफ्नै परिवार लाई
एक दिन त अवश्य
तरबार लाई पनि दण्ड हुन सक्छ
भैगो बरु लेख्नै छाडी देउ कलम
तिमीलाई पनि दण्ड हुन सक्छ |||
No comments:
Post a Comment