संक्षिप्त परिचय
दोलखा जिल्ला नेपाल राज्यको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलको उत्तरतर्फ अवस्थित एक पहाडी जिल्ला हो । यस जिल्ला को विस्तार नेपालको मान चित्रमा २७० २८" उत्तरदेखि २८० ००" उत्तरी अक्षांश र ८५० ५०" पूर्वदेखि ८६० ३२" पूर्वी देशान्तरसम्म फैलिएको छ । कूल २१९१ वर्ग कि.मी. क्षेत्रफल भएको यस जिल्ला को पूर्वमा सोलखुम्बु र रामेछाप जिल्ला, पश्चिममा सिन्धुपाल्चोक जिल्ला, उत्तरमा चिनको स्वशासित क्षेत्र तिव्बत र दक्षिणमा रामेछाप जिल्ला पर्दछ । नेपालको राजधानी काठमाडौबाट १३३ कि. मी. पूर्वमा पर्ने यो जिल्ला को सदरमुकाम चरिकोट हो । समुद्र सतहदेखि ७६२ मी. (सितली) उचाइदेखि ७१३४ (गौरीशंकर) सम्मको उचाइमा रहेको यस जिल्ला को गौरीशंकर हिमाललाई आधार मानी नेपालको प्रामाणिक समय निर्धारण गरिएको छ ।
२००७ साल पूर्व र त्यसपछि २०१८ सालसम्म पनि पूर्व २ नं. गोश्वराको प्रशासनिक इकाइको रुपमा रहेको दोलखालाई २०१८ सालदेखि मात्र अलग जिल्ला को रुपमा अस्तित्वमा आए पनि २०२४ सालदेखि मात्र अदालत, मालपोत, प्रहरी, हुलाक, स्वास्थ्य जस्ता जिल्ला स्तरीय कार्यालयहरु स्थापना हुन थालेका हुन् । ऐतिहासिक स्थल दोलखाको नामबाट नामाकरण गरिएको यस जिल्लाका केही स्थानहरुमा किरात वा लिच्छवीकालदेखि नै वस्ती बसेको अनुमान छ ।

No comments:
Post a Comment