“चित्तै छैन कुमार को”

 आँशु को मूल उर्लिदै छ,कसो गरि सुख्छ भनौ |
चित्तै छैन "कुमार" को कसो गरि दुख्छ भनौ |

 जहिले दुखे मेरा मुटु बेदना को रापले पोली
घिउ थपी ज्वाला पर्यौ,कसो गरि रुक्छ भनौ |
  
मुटु चिरा पारी आँशु का भेल बहाई दिने
तिम्रो निशाना अकाट्य छ कसो गरि चुक्छ भनौ |
  
तिमीलाई पुन:आफ्नो मझेरी मा राखु भने
तिल लाई पनि पहाड भन्यौ कसो गरि झुक्छ भनौ |
  
चोटै-चोट सहि-सहि चट्टान भयो मन-मुटु
चोटै जिउने आहारा भो कसो गरि पुग्छ भनौ |

No comments:

Post a Comment