"म मरेर"

नसक्ने भए कलम चलाउन नैतिकता सिक्न खरी दिन्थे |
 मरेर मेरो देश बन्ने भए म हाँसी-हाँसी मरी दिन्थे  |

 देश को हलचल-भ्रष्ठ नीति,अशान्ति  हत्या हिंसा बाट 
देश लाई मुक्त बनाउन मै भुमरी मा परिदिन्थें |


देश को सारा कुरीति र भाई-भाई को पर्खाल लाई
पोको पारी म पर जान सके म आफै बसाई सरि दिन्थे |


एउटा छोरो गुमाई मेरी आमा,सुन्दर-शान्त-बिशाल हुन्छे भने
म आफै झोली-तुम्बा बोकी उँदै-उँदै-उँदै झरी दिन्थे |


हे आमा कित बुद्ध जन्माउ,हैन भने पाठ सिकाऊ
बुद्ध जस्तै बन्न सके शान्ति को बिज छरी दिन्थे |

No comments:

Post a Comment