मुटु सुम्पिदनी माया गरिन रे !
ज्यानै दिदा पनि दुख हरिन रे !
संसार लाई भुली तिम्रै हुदा पनि
चस्स खोट दियौ भर परिन रे !
पतझर थिए म ! तिमीलाई भेटे पछी -
सदाबहार भए -भन्यौ सरिन रे !
बाँझै थिए मनका बिरौटा ति बारी
ढक-मक पार्दा पनि बिज छरिन रे !
तिम्रै लागि मुटु हरदम खोल्दा पनि
तिम्रो मनको थैलो पनि भरिन रे !
No comments:
Post a Comment